ठाकुर प्रसाद पाण्डे
म कामको शिलशिलामा बारा जानु पर्ने थियो । सोहि शिलशिलामा माडि सम्म जानलाई लामो दुरीको बसको यात्रामा निस्कनु पर्ने भयो । बसको सिटमा बसे बस विस्तारै अगाडी बढ्दै गयो । बसमा भाडा लिने व्यक्ति म सँग आएर भाडा दिन भनेपछि मैले भाडा निकालेर दिए उनले भने अनुरुपको भाडा नभएको कारणबाट उनेले मागेजति दिनलाई पन्ध्र रुपया पुगेन त्यसपछि मैले निकै अनुरोध गरे आप्mनो बाध्यता र समस्यालाई बेलिविस्तार लगाए तर ति साहुको कारिन्दा निकै वफादार रहेछन मलाई निकै अपमानजक व्यवहार गर्न थाले । सिटमा बस्न पाउदैनस् उभिनु पर्छ भन्दै मलाई उठाएपछि ऊ भित्रबाट दन्केको रिसको आगो निभ्न लाग्ला जस्तो ग¥यो । झोलालाई भुईमा राखेर उभिएर यात्रा गर्न बाध्य भए । यात्रुको खचाखचको कारण मलाई निकै पछाडि उभिन फेरी आदेश भयो म पनि आदेशको पालना गर्ने प्राणीमा परेको अनुभुति गर्दै थिए ।
मैले महात्मागान्धीको आत्मवृतान्तमा पढेको थिए इटालिमा ट्रेनको यात्रा गर्दा पैसा तिरेर टिकट लिएर यात्रा गर्दा पनि गोरा जातीहरुले उनीलाई सिटबाट गलत्याएर निकालेको विषय पढेको थिए र सम्झे त्यहा वर्णको आधारमा विभेद थियो भने हाम्रोमा वर्गको आधारमा विभेदको रेखा कायमै छ । बसको कर्मचारीको घोचपेच, अपमानजनक अभिव्यक्तिबाट गम्भिर चोट पुगेको क्षणमा केहि यात्रुहरुले म प्रति देखाएको सदभाव र मानवताको नमुनाको केहि अस्तु भए पनि बाकी रहेको रहेछ ।
लामो समयको यात्रापछि मलाई गन्तव्यमा पुग्न करिब ३ कि.मी. अगाडीनै उत्रने आदेश भएपछि म झोला लिएर झर्नुको उपाए थिएन, त्यहिबाट बस यात्राबाट बिदा लिई अगाडी बढदै गए । चैत महिनाको गर्मी समय तातो हावाको झोक्कालाई छिचोल्दै अगाडी बढदै गए बाटोमा कुनै चौतारी थिएन एउटा सुस्ताउने स्थान छैन । विकास त भएका छन ठुला–ठुला बाटा हेर्दा खेरी टोपी खस्ने घर छन तर पैदलयात्रीको लागि न ठाटी न पाटी, न चौतारा एक पटक सुस्ताएर पसिना पुछेर बस्ने ठाउ छैन । पैदलयात्रीको लागि यो विकासले राहत समेत दिन नसकेको अनुभुति गर्दैछ मेरो मनले । विकास गर्दा सामाजिक मुल्यमान्यता, आस्थाका धरोहर र पूर्खाहरुले गरेको र देखाएको उदारता प्रति हामी र हाम्रो पिढीले गरेको विकास ति खाली खुट्टा हिड्ने पैदलयात्रीका लागि फगत उपहास भएको छ ।
एकजना दार्शनिकले भन्नु भएको थियो । तिमीले जनताको मतबाट चुनाव जितेर कुर्चिमा बसेको दिन तिम्रो अगाडीको भित्तामा कुनै राजा महाराजा, नेता, नायकको फोटो नराख तिमी जनताको बिचमा रहदा गरिब, विपन्न, असहाय, अनाथ, असक्तहरु देखेका छौ अव तिनीहरुको फोटो राख र योजना बनाउदा हरेक निर्णय गर्दा तिनिहरुको अनुहार फोटो हेरेर मात्र योजना बनाउ भनेको विषयले मलाई झस्काउछ तर फगत म झस्केर के गर्ने ?
मेरो गन्तव्य आइसकेको थिएन मेरो यात्रालाई बाध्यताबस, अगाडी बढाउनुको विकल्प थिएन । निकै तिर्खा लागेको छ । बाटाको छेउमा कुनै धारा, पधेरा छैन कहा गएर घाटी भिजाउने मलाई शारिरीक रुपमा निकै सकसको अवस्थाको नजिक पुगेको महशुस भएको छ । खोलाको पानी, मुलको पानीलाई चारै तिरबाट थुनेर ट्याड्ढीमा हालेर पाईपबाट पैसा तिर्न सक्ने वर्गलाई भान्सा, शौचालयमा धारा पु¥याउने हाम्रो नमुना विकासले पैदल यात्रीको समस्या समस्यानै नहुने अवस्थाको अहिलेको विकासको मोडल जस्तो छ । निकै समयको हिडाई पछि एउटा सानो होटलमा पानी माग्न बाध्यभए एउटा खाली बोतलमा पानी भरेर मलाई दिएपछि मैले अन्तरमन देखि धन्यवादका शब्दले आभार प्रकट गरे सायद उनलाई त्यो शब्द प्रति कुनै मुल्यको अनुभुति नभए जस्तो गरेको पाए । पानी नपाएर आत्तिएको शरिर विस्तारै विस्तारै पानीको घुट्को सँगै पाइला अगाडी बढाए । अनि सम्झेर आउछ हाम्रा पूर्खाले चौतारामा ठुला–ठुला पानीका घैटा पानी खाने भाडोको व्यवस्था उनिहरुले पनि अनुभुति गरेको अवस्थाले बनाएको व्यवस्था पक्कै हुन सक्छ । ति होटल व्यावसायीले मलाई पुरानो बोतलमा दिएको पानीलाई नियाल्दा उनिहरुले प्रयोग गर्ने जग, लोटा, गिलासमा नदिनुको कारण बटुवा कुन जातको हो ? उसलाई किन हामीले प्रयोग गर्ने भाडामा दिनु भन्ने धार्मिक छुवाछुतका कारणबाट हुनसक्छ भन्ने कुरा लाग्छ भने अर्को तर्पm मेरा लागि विस्तारै–विस्तारै खादै हिड्नलाई मलाई सहज भएको अनुभुति भएको छ । चाहे जे होस मेरा लागि बोतलमा दिएको नै उत्तम छ ।
अब भने म बस्ने स्थानको नजिक आईपुग्न लागेको थिए । मलाई सडक पार गर्नुपर्ने छ । जहा जेब्राक्रसि· छ म त्यहिबाट बाटो क्रस गर्नुपर्छ । बाटो काट्नलाई निकै बेर घाममा उभिएको छु कुनै गाडी रोकेर जानु दिदैन न गाडीको वेगनै कम गर्छन ? न त विदेशमा जस्तो पोलमा बटम थिचेर बत्ति बालेर गाडी रोकिन्छ र बाटो काट्न पाइन्छ । नेपाल यस्तो देश हो जहा जेब्रा क्रसि·मा नै पैदलयात्रुलाई ठक्कर दिएर घटना घट्ने गरेको पाइन्छ । निकै वेरको पर्खाइपछि म आपैm अगाडी बढ्न साहस गरेर हातले इसारा दिदै बाटो क्रस गरे । यस्तो यर्थात अवस्थामा पैदलयात्रुको यात्रा कसरी चल्दछ ?
स्मरण रहोस २०४८ सालको चैतको १८ गते भरतपुर माडी, ठोरी हुदै बारा जिल्लाको डुमरवाना र मकवानपुरको चित्ला· र टिस्टु· सम्मको यात्रामा पानी लिएको बोतललाई डस्वीनको अभावमा समातेर ल्याएको थिए । फोहोर व्यवस्थापनको लागि सामान्य सहरीकरण सँगै कुहिने, नकुहिने फोहोरलाई वर्गिकरण गर्दै लानुपर्ने अवस्था थियो । अहिले समस्या सामान्य र सरल हुँदा त्यसलाई भोली गम्भीर अवस्थामा परिणत हुन नसक्दाको अवस्थामा पछिल्ला दिनमा यस भयाबहको अवस्था सिर्जना गर्न सक्छ । सडक पेटीमा दुरीको आधारमा फोहोर विर्सजनको लागि सहज बनाउन नसक्दा पैदलयात्रीले फोहोर विर्सजनको सास्ती खेप्न पनि बाध्य हुनुपर्दछ ।
हाम्रा प्रतिनिधिहरु मैले सबैकुरा जानेको छु अर्थात जान्नु पर्दछ भन्ने मान्यताको कारणबाट समस्याले बहुरुप धारणा गरेको छ । तसर्थ मेरालाई सम्पूर्ण विषयवस्तु सिकाई प्राथमिकताको विषय होइन कुनै विषय सिकाई, अनुभवको आधारमा म त्यो विषयसँग बढि रुची राख्छु भन्न सकिन्छ । सार्वजनिक विकासका लागि एक व्यक्ति मात्र सर्वोपरी मान्ने प्रवृति नै वर्तमान विकासका लागि सो प्रवृति नै अल्पज्ञान हो । यात्राको पाइला अगाडी बढि रहदा मलाई शौचालयको आवश्यकता लाग्यो । नजिक तिर नियालेर हेरे त्यहा थिएन अलि अगाडी जादै गर्दा शौचालय नभई खुल्ला दिसा, पिसाब मुक्त क्षेत्र घोषणा गरिएको बोर्डमा मेरा आँखा परे फेरी पाईला अगाडी बढदै गयो । शौचालयको आवश्यकताले मलाई निकै गाह्रो हुन थाल्यो बाध्य भएर बाटो छेउको घरमा शौचालय जाने अनुमतिको लागि अनुरोध गरे घर मालिकले निकै बेर पछि अनुमतिको ग्रिन संकेत आयो म खुसी हुदै शौचालय प्रयोग गरेर धन्यवाद भनेर आÇनो यात्रालाई निरन्तरता राखे ।
२०५६ साल फागुनमा मैले भरतपुरबाट माडी, ठोरी, र·पुर हुदै बारा जिल्लाको डुभरवाना सम्म पुग्दाको यात्राको अवस्थालाई हाम्रो जनप्रतिनिधिहरुको सार्वजनिक विकास व्यवस्थालाई स्वयमले अनुभुतिबाट सिकेका, भोगेका र देखेका यर्थात धरातलबाट बुभ्mने अवसर पाएको थिए । यहि क्रममा पर्सा जिल्ला केहि महिना बस्ने क्रममा स्थानीय समुदाय र परिवारसँगको साक्षतकारको अनुभुति मैले बास बस्ने घर निकै सम्पन्न पक्की दुई तले घर थियो । घर मालिकको जेठो छोराले विवाह गरेको वर्पौ भएको थियो । दिनभरी श्रीमान व्यापार व्यवसाय गर्ने श्रीमती लगायत अरु सदस्य घरको खेतीपाती सरसफाईमा व्यस्त हुने । यसरी दैनिक कार्य चलेको थियो । उक्त घरका महिला सदस्य, आमा, बुहारीका शरिर कमजोर, अवस्था देखिने कारणले हामीले जिज्ञासा राख्यौ किन हजुरको अस्वस्थ्य कमजोर प्रश्नको उत्तर सजिलै प्राप्त भएन, निकै दिनको प्रयास र हाम्रो निरन्तरको चासोबाट थाहा लाग्यो । उनिहरुले प्रायजसो विहानको खाना नखाने खाए पनि अत्यन्त कम खाने र बेलुकीको खाना पनि कम खाने त्यसको एउटै कारण थियो शौचालय । घरमा नभएकोले बाहिर मैदान जानु पर्ने बाध्यता उक्त मैदान पनि साँझ आÇनो श्रीमान आएपछि मात्र श्रीमानको सहयोगमा मैदान, खेत, खोल्सामा जानुपर्ने बाध्यता खाना, पानी प्रशस्त खाएमा दिउसो शौचालय जानुपर्ने बाध्यता हुने समस्याको कारण खाना नै कम खानु पर्ने बाध्यता । तराईको समस्या भनेको घर ठुलो परिवार सम्पन्न भएपनि शौचालयको समस्या गम्भिर देखिन्छ । स्थानीय सरकारले खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरे पनि समस्याको अवस्थामा सुधारको गति कछुवाको जस्तो छ । हाम्रा जनप्रतिनिधिहरुले खर्च गर्ने ठुला टावर, गेट, बनाउन लाखौ रकम खर्चेको देखिन्छ तर समुदायले अनुभुति हुने विकासमा ध्यान नपु¥याउदा हाम्रो व्यवस्था बदलिए पनि अवस्था फेरिन सकेको छैन ।
जुन देशमा मन्दिरमा सुनको गजुर हाल्नलाई सरकारको प्राथमिकता पर्छ र त्यहि देशमा विद्यालय भवन चुहिएर विद्यार्थी भिज्नु पर्छ त्यस्तो देश र सरकारबाट कहिल्यै जनताको अवस्थामा परिवर्तन आउन सक्दैन । प्रदेश सरकारले विभिन्न जात, जातीको नाममा मन्दिर बनाउन वनक्षेत्रमा रकम निकासा गरेको छ । त्यहि नजिकका विद्यालयका विद्यार्थी शुल्क नभएर भर्ना हुन सक्दैन, फर्निचर नभएर भुईमा बस्न बाध्य छन किताब, कापी र कलमको अभावमा नानीबावु विद्यालय जान मान्दैन । निजि शिक्षकलाई तलब दिन नसकेर व्यवस्थापन समितिको गठन गर्न समुदाय मान्दैन त्यस्तो छ शिक्षा क्षेत्र दुरदशा । सरकारले खर्च गर्ने क्षेत्र भनेको जातजाती, भाषाभाषी विभिन्न धर्मावालम्वीहरुको मन्दिर, चर्च, गुम्बा, अग्लो गेट, भ्युटावर जुन विपन्न, गरिब, सर्वसाधारण नागरिकको आवश्कताको विषय नै होइन, यस्तो खालको विकासको योजना बनाउने सिमित वर्ग र पहुँचवालाको स्वार्थका लागि गरिने विकासले आम नेपालीको अवस्था परिवर्तन पनि आउदैन र समवृद्धिको सपना पनि सपना नै हुन्छ ।
(लेखक : सामुदायिक वन उपभोक्ता महासंघ, नवलपुरको जिल्ला अध्यक्ष हुन ।)
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१