मान्म : कालीकोट जिल्लामा वर्षासँगै आएको हावाहुरीले मकै बालीमा क्षति पु¥याएको छ । बुधबार राति आएको वर्षासँगैको हावाहुरीले जिल्लाका अधिकांश ठाउँमा क्षति पु¥याएको हो ।हावाहुरीका कारण सान्नी त्रिवेणी गाउँपालिका–८ र ९ मा सबैभन्दा बढी मकै बालीमा क्षति पु¥याएको गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले बताउनुभयो । “गाउँपालिकाको मुख्य खाद्यान्न बालीका रूपमा लगाइने मकै बाली हावाहुरीले नष्ट गरेको छ”, उहाँले भन्नुभयो, “घोगा लाग्न लागेको बेला मकै बाली नष्ट गरेकाले किसान समस्यामा परेका छन् ।”
त्यस्तै वडा नं ६ पोरिबनस्थित बलै, तारेढुङ्गा, बुढगाउँ, माटेखर्क, भुवाडीपाटालगायत स्थानमा पनि मकैबाली नष्ट भएको स्थानीयवासी दन्तराज सज्यालले बताउनुभयो । हावाहुरीले नरहरिनाथ गाउँपालिकाको वडा नं ३ लगाइएको मकै बालीमा पनि क्षति पु¥याएको स्थानीयवासी रामबहादुर बुढाले बताउनुभयो । “मकैबाली नष्ट गरेको हुँदा अब अर्को बाली लगाउने अवस्था पनि छैन”, उहाँले भन्नुभयो, “पाखो बारीमा मकैबाहेक अरु केही पनि हुँदैन । त्यही पनि हावाहुरीले नष्ट ग¥यो अब के गर्ने होला ?”
कालीकोटमा प्रमुख खाद्यान्न बालीका रूपमा रहेको मकैबाली हावाहुरीले नष्ट गर्दा किसानले भोकमरी बढ्ने चिन्ता गरेका छन् । जिल्लाभर नै प्रमुख बालीका रूपमा मकै बालीलाई लिने गरिएको र किसानले लगाएको बालीको बीमा गर्ने नीति अवलम्बन गरिएको शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद आचार्य बताउनुभयो । “थोरै जमिनमा लगाइएका अन्नबाली विभिन्न प्रकोपका कारणले नष्ट हुने गरेको छ”, उहाँले भन्नुभयो, “त्यसैले हामीले अन्नबालीको बीमा अनिवार्य गर्ने नीति लिएका छौँ ।” (रासस)
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१