रामपुर (पाल्पा) : पाल्पाको रामपुर नगरपालिकाले मिर्गौला पीडित बालकलाई आर्थिक सहयोग गरेको छ । रामपुर–६ का ११ वर्षीय जङ्गबहादुर दर्जीलाई नगरपालिकाले रु ५० हजार सहयोग गरेको हो । दर्जीको घरमै पुगेर नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, वडाध्यक्ष दिवाकर देवकोटालगायतले सो रकम हस्तान्तरण गर्नुभएको हो । समस्यामा परेका बालबालिकालाई आपत्कालीन बाल उद्धार कोषबाट आर्थिक सहयोग गरिएको आपत्कालीन सञ्चालन समितिका संयोजक एवं नगर प्रमुख थापाले बताउनुभयो ।
पछिल्लो समय भारतमा नियमित उपचार गराउँदै आएका दर्जीलाई थप उपचार तथा शैक्षिक सामग्री खरिद गर्न सहजहोस् भनेर सहयोग गरिएको हो । आमा बेलमायाले धेरैको सहयोगले छोराको उपचारमा सहज भएको बताउनुभयो ।
यसैबीच आपतकालीन बाल उद्धार कोष सञ्चालन नियमावली, २०७७ को परिच्छेद १ को नियम २ बमोजिम रामपुर नगरपालिका–२ का सङ्गीत थापालाई उपचारका लागि तथा प्रतिमा कुमाल र पूजा कुमाललाई शैक्षिक सामग्री खरिद गर्न रु २०÷२० हजार प्रदान गरिएको छ । (रासस)
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१