चोरमारा । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकाले नगरपालिका भित्रका जेष्ठ नागरिकहरुलाई मासिक रुपमा घरघर पुगेर स्वास्थ्य परिक्षण सेवा प्रदान गर्ने भएको छ । नगरपालिकाको आ.व. २०७९/०८० को नीति तथा कार्यक्रममा जेष्ठ नागरिकलाई मासिक रुपमा घरघरमा पुगेर स्वास्थ्य सेवा र अर्ध वार्षिक रुपमा विशेषज्ञद्वारा स्वास्थ्य परिक्षण गर्ने नीति नगरपालिकाले लिएको छ ।
वडा तहमा रहेका स्वास्थ्यकर्मीले अब सम्बन्धि वडा भित्रका जेष्ठ नागरिकको घरमा पुगेर मासिक रुपमा स्वास्थ्य परिक्षण गर्नेछन् भने अर्धवार्षिक रुपमा विशेषज्ञ स्वास्थ्यकर्मी मार्फत स्वास्थ्य परिक्षण गरिने मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१