बैतडी ।काठेपुलबाट सेती नदीमा खसेर यहाँ आज एक किशारीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको आर्दश गाउँपालिका–६ गिरीचौकाकी १७ वर्षीया ढुल्लु अधिकारी रहेकी छन् । उनको सिगास गाउँपालिका–७ साङडा आउने क्रममा सेती नदीको पुलबाट खसेर मृत्यु भएको हो ।
अधिकारी रोपाइँका लागि सिगास–७ सङडा आउँदै गर्दा सेती नदीमा बनाइएको अस्थायी काठेपुलबाट लडेकी स्थानीय पदम खडायतले जानकारी दिनुभयो । सो स्थानमा रहेको झोलुङगे पुल गत कात्तिकमा भएको अविरल वर्षासँगै आएको बाढीले पुल बगाएपछि अस्थायी काठेपुल बनाइएको थियो ।
बाढीले बगाएको झोलुङ्गे पुल पुनःनिर्माण नहुँदा डोटी र बैतडीका सीमा क्षेत्रका नागरिक हाल अस्थायी पुलबाटै आवतजावत गर्न बाध्य छन् (रासस)
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१