नवलपरासी। पश्चिम नवलपरासी जिल्ला समन्वय समितिको प्रमुखमा गठबन्धन दललाई पराजित गर्दै नेकपा एमालेका भगौति यादव ( रुदल) बिजयी भएका छन् । गठबन्धन दलका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका बालिन्द्र विक्रम शाहीलाई ( १) एक मतले पराजित गर्दै नेकपा एमालेका भगौति यादव ( रुदल) विजयी भएका हुन् ।
पश्चिम नवलपरासी जिल्लामा रहेको ७ वटै पालिकाहरुमध्ये नेपाली काङ्ग्रेसका पालिका प्रमुख एवं उपप्रमुखमा ६ जना र नेकपा एमालेका प्रमुख तथा उप प्रमुख गरी ५ जना तथा माओबादीबाट २ जना र राप्रपाबाट १ जनागरी पालिका उपप्रमुख मा विजयी भएका छन्।जिल्ला समन्वय समितिको निर्वाचनमा १४ जनाले मतदान गरेकोमा नेकपा एमालेकाे तर्फबाट प्रमुखकाे उमेदवार भगाैति यादवले ७ मत प्राप्त गरेर नेपाली काङ्ग्रेसका शाहीलाई १ मतले पराजित गर्दै विजयी हुन सफल भएका हुन् । जसमध्ये नेपाली काङ्ग्रेसका बालिन्द्र विक्रम शाहीले ६ मत प्राप्त गरेका थिए भने १ मत बदर भएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१