चोरमारा । मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले शुक्रबार साँझ आएको हावाहुरीले पु¥याएको क्षतिको निरिक्षण गर्नु भएको छ । मध्यविन्दु नगरपालिका–८ मा हावाहुरीले स्थानीयको घरमा क्षति पु¥याएको छ । नगर प्रमुख अधिकारीले हावाहुरीले क्षति पु¥याएका घरको अवलोकन गर्दै नगर विपद् व्यवस्थापन कोषबाट हावाहुरी प्रभावित स्थानीयलाई राहत उपलब्ध गराउनने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । शुक्रबार आएको हावाहुरीले मध्यविन्दु–८ फुलबारी टोलका भुनाकला न्यौपाने, देबकोटा टोलका राम बहादुर थारु र झ्यांकटाका राजेस आलेको घरमा क्षति पु¥याएको छ ।
नगर प्रमुख अधिकारीले शुक्रबार साँझ आएको हावाहुरीले नगरपालिकाको विभिन्न स्थानमा क्षति पु¥याएको जानकारी आफुलाई प्राप्त भएको भन्दै पीडितहरुलाई राहात व्यवस्थापन गरिने बताउनुभयो । मध्यविन्दु नगरपालिकामा हुन सक्ने सम्भाव्य विपद् व्यवस्थापनको लागि आफु सदैव प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । यस अघि मध्यविन्दु नगरपालिकाका विभिन्न खोलाहरुमा सम्भाव्य जोखिम र तटबन्ध निर्माणको काम अवलोकन समेत मध्यविन्दु नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले गर्नु भएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१