चितवन । भरतपुर महानगरपालिका– ७ कृष्णपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ ।
भरतपुर महानगरपालिका–७ कृष्णपुरको नगर प्लटिङमा आइतबार साँझ अज्ञात समूहको आक्रमणबाट भरतपुर–१२ मिलनचोक बस्ने अन्दाजी ३० वर्षीय अनिल परियारको मृत्यु भएको हो । घाइते परियारको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले घटनाको विषयमा अनुसन्धान सुरु गरिएको बताउनुभयो । (रासस)
–––
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१