कावासोती । नवलपुरको गैंडाकोट नगरपालिकामा गठबन्धनको विरोध गर्दै वडा सभापतिसहित ५५ जना कांग्रेस कार्यकर्ताले सामूहिक राजीनामा घोषणा गरेका छन् । नेपाली कांग्रेस गैँडाकोट नगर कमिटी वडा नं. ८ ले गठबन्धनको विरोध गर्दै नगर सभापति समक्ष राजीनामा दिएका हुन् ।
वडा सभापति रामप्रसाद सापकोटासहित वडा समितिमा आवद्ध रहेका सबैले नगरसभापति बद्री सापकोटा समक्ष राजीनामा दिएका हुन् । राजीनामा पत्रमा ५५ जनाको हस्ताक्षर रहेको छ ।नेपाली कांग्रेसको नगर पार्टी कार्यालयमा दबावमूलक तथा सामूहिक राजीनामा कार्यक्रममा सहभागी वडा सभापति रामप्रसाद सापकोटासहित कांग्रेस कार्यकर्ताले कांग्रेस मास्न पाइदैन, गठबन्धन चाहिदैन, नेपाली कांग्रेस जिन्दावाद, गठबन्धन मुर्दावाद जस्ता चर्का नारावाजी गरेका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१