कावासोती । गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले मेयर पदबाट राजिनामा दिनुृभएको छ । पुनः मेयर पदमा उमेद्वारी दिनका लागी राजिनामा दिएको पौडेलले जानकारी दिनुभयो ।
गैँडाकोट नगरपालिकाका निमित्त प्रमुख प्रशाासकीय अधिकृत झलकराज पौडेलले नगरप्रमुख पौडेलले दिएको राजिनामा बाचन गरेर सुनाउनुभयो ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा फेरि उमेदवार बन्न चाहानेले राजिनामा गर्नु पर्ने प्राबधानअनुसार नै राजिनामा दिएको उहाँले बताउनुभयो । पौडेल २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेबाट मेयर पदमा निर्वाचित हुनुभएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१