कावासोती । बुटवलबाट नारायणगढ हिडेको यात्रुवाहक वस र बिपरित दिशाबाट जादै गरेको ट्रक एक आपसमा ठोक्किँदा २६ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गको दाउन्ने सडक खण्ड अन्र्तगत विनयी त्रिवेणी २ विश्वकर्मा मन्दिर नजिक लु १ ख ८७५९ नम्बरको यात्रुवाहक बस र लु २ ख ८४० नम्बरको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनामा बस चालक सहित बसमा सवार यात्रुहरु मध्ये ३ जना गम्भिर घाइते भएका छन् भने ९ जना मध्यम र १४ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घाईतेहरुको पुरानो मेडिकल कलेज भरतपुर र मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ । घटना आज बिहिबार बिहान साढे १० बजेको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१