कावासोती नगरपालिका तिव्र शहरीकरणतर्फ उन्मुख भैरहेको छ । नयाँ जिल्लाको सदरमुकाम समेत भएको हुँदा यहाँ विभिन्न प्रशासनिक संरचनाहरु निर्माण, सडक यातायातको विस्तार र सुदृधिकरण, पर्यटन पुर्वाधार निर्माण, मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरणका लागि मेस जालीसहितको वाल निर्माण, खानेपानी तथा सिंचाईका पुर्वाधारहरु, विद्यालय तथा खेलकुद मैदान निर्माण आदि पुर्वाधारका संरचनाहरुमा नगरपालिकाले अग्रसरता लिएको छ ।
बुदा – बुदामा हेर्नुहोस् कावासोती नगरपालिकामा आर्थिक वर्ष २०७४/७५ देखि २०७७/७८ सम्म भएको पूर्वाधार विकास तर्फको प्रगति विवरण
१ . करिब ६४ दशमलव ५ किलो मिटर सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । कच्ची सडक तथा सञ्चालनमा रहेका सडकहरुको करिव १२८ किलोमिटर सडक ग्राभेल तथा स्तरोन्नति गरिएको छ । साथै नगरको बिभिन्न स्थानमा गरी १० किलोमिटर पिच सडक मर्मतको कार्य सम्पन्न गरिएको छ ।
२. नगरपालिकामा करिव ६७ दशमलव ८ किलोमिटर पक्की नाला तथा नगरको विभिन्न वडामा गरि ९५ वटा कल्भर्ट निर्माण सम्पन्न भएको छ । नगरका विभिन्न स्थानमा १९०० वटा सडक बत्ति जडान गरिएको छ । ८०० विद्युत पोल सहित विभिन्न स्थानमा विद्युतिकरणको कार्य सम्पन्न भएको छ । साथै नगर क्षेत्रका भित्रि साना बाटोहरुमा मोजाइक टायल लगाउने कार्यको थालनी गरिएको छ ।
३.नगर गौरव योजनाको रूपमा रहेको कावासोती चक्रपथ निर्माण कार्यलाई विगत ४ वर्षदेखि निरन्तरता दिंदै आइएको छ । हालसम्म १० किलोमिटर रिङ्गरोड कालोपत्रे गर्ने कार्य सम्पन्न गरिएको छ ।
४ .नगरपालिकाको बहुउद्देश्यीय भवन निर्माणको कार्य सम्पन्न भै प्रशासनिक कामकाज सुचारु भएको छ । वडा नं ४, ५, ७, ८, ९ र १५ को वडा कार्यालय भवन निर्माण सम्पन्न भै कामकाज सुचारु भएको छ । यसैगरी वडा नं १, २, ३, ६ ,११, १३ र १६ को कार्यालय भवन चालु आ.व. मा सम्पन्न हुने लक्ष्य राखिएको छ ।
५ .नगरस्तरमा दिगो रुपमा फोहोरमैला व्यवस्थापनको लागि वडा नं १६ मा फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माण सम्पन्न भै फोहोरमैला संकलन तथा व्यवस्थापनको कार्य अगाडि बढेको छ । वडा नं १७ मा फोहोरमैला व्यवस्थानको लागि स्ट्याण्ड सहितको १२०० डष्टविन वितरण गरिएको छ ।
६. विश्व सम्पदा सूचिमा सुचिकृत चितवन राष्ट्रिय निकुञ्जको काखमा रहेको मध्यवर्ती सामुदायिक वन क्षेत्र सँग जोडिएको विभिन्न स्थानहरुमा मानव र वन्यजन्तु बिचको असमझदारी न्यूनीकरण गर्न, धन जन लगायत कृषि बालीनालीको क्षती न्यूनीकरण गरि मानव र बन्यजन्तु बीच सह-अस्तित्व कायम गर्नका लागि पि.सि.सि. वाल सहित मेसजालीको निर्माण कार्यबाट महत्वपूर्ण योगदान पुगेको छ । जैविक विविधता वन वन्यजन्तुको संरक्षण सँग सँगै पर्यापर्यटकीय गतिविधि लगायत मानव र वन्यजन्तु बिचको समझदारी कायम गर्न नगरपालिकाले सुरुदेखि नै प्राथमिकताका साथ कार्य गरिरहेको छ । जसअनुसार हालसम्म वडा नं ७, १०, ११ , १२, १३, १५ र १७ मा मेसजाली सहितको १९ किलोमिटर मेस जाली सहितको आर.सि.सि. पर्खाल मध्ये ८ किलोमिटर निर्माण सम्पन्न भएको छ । बाँकी कार्य निर्माणाधिन अवस्थामा रहेको छ ।
७. विपन्न समुदाय आवासका लागि हाल सम्म ८८ वटा घरहरूको निर्माण कार्य सम्पन्न भएको छ । यस आ.व. मा थप १७ घरको निर्माण गरी हस्तान्तरण गरिनेछ ।
८.वडा नं ०२ मा रहेको कावासोतीको एकमात्र कभर्ड हलको निर्माण सम्पन्न भएको छ । वडा नं ६ को विष्णुनगर चौर क्षेत्रलाई नगरस्तरीय रङ्गशाला निर्माण गर्न गुरुयोजना निर्माण गरी रङ्गशाला निर्माण कार्यको शुरुवाट भएको छ । साथै पोखरी तालको गुरुयोजना निर्माण गरि ताल निर्माण, बाटो तथा पार्क स्तरोन्नतीमा काम भएको छ ।
९ . विकास योजना सञ्चालनका लागि ठेक्का बन्दोबस्त कार्यमा नगरपालिकामा विद्युतीय खरिद प्रणालीलाई अधिकतम रूपमा अवलम्बन गरिएको छ । यसबाट ठेक्का प्रक्रिया थप प्रतिस्पर्धात्मक र पारदर्शी हुनुका साथै विकास लागतमा समेत न्यूनीकरण भएको छ ।
१०.वडा नं १४ मा अत्याधुनिक कोल्ड स्टोर निर्माणको लागि बजेट विनियोजन भई नगरपालिका, प्रदेश सरकार, केन्द्र सरकार र रिर्टर्नी माईग्रेट नेपालको संयुक्त लगानीमा निर्माण हुने गरि ठेक्का प्रक्रिया समेत सकिएको छ । साथै वडा नं १७ मा सामुदायिक बिउ वैङ्क निर्माण गरिएको छ ।
११ . करिव १०० वटा भन्दा बढी मन्दिर, २५ भन्दा बढी सामुदायिक भवन तथा क्लवको भवन स्तरोन्नति तथा नयाँ निर्माण कार्य सम्पन्न भएको छ । साथै वडा नं ३, ५, ८ र १२, मा गुम्वाको निर्माण तथा स्तरोन्नती गरिएको छ ।
१२. शहरी विकास मन्त्रालयको सहयोगमा भू-उपयोग योजना र एकिकृत विकास परियोजना निर्माण गरिएको छ । संघ सरकारको समन्वयमा २०० घरमा खरको छानोलाई विस्थापन गरि टिनको छानो निर्माण गर्ने कार्य चलिरहेको छ ।
१३. नेपाल शहरी शासन तथा पुर्वाधार विकास परियोजना अन्तर्गत श्रममुलक परियोजना संचालनको क्रममा ३०० मिटर नदी तटबन्धन, ३ दशमलव ४ किलोमिटर नाला निर्माण, ३०३ मिटर कम्पाउण्ड वाल निर्माण तथा विभिन्न विद्यालयमा पुर्वाधार सुधार लगायतका कामहरु भएका छन् । चालु आ.व. ०७७/०७८ मा यस परियोजना मार्फत ६२८ मिटर नदी तटबन्धन, ५ किलोमिटर पक्की नाला तथा ५७० मिटर तारवारको कार्यक्रम सम्पन्न हुनेछ । परियोजना मार्फत गत आ.व. २०७७।७८ मा मात्रै ६५९ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् ।
१४.साविकका गा.वि.स भवन रहेका वडा कार्यालयको स्तरोन्नती तथा जग्गा घेरावारको काम सम्पन्न गरिएको छ ।
१५ . वडा नं १६ मा आदिवासी थारु संग्रहालयको भवन स्तरोन्नती गरिएको छ ।
१६. रेडक्रस सँगको सहकार्यमा ब्लडबैङ्क स्थापना तथा आपतकालिन भण्डारणको लागि गोदामहरु निर्माण गरिएको छ ।
१७. एक वडा एक खेलमैदान अन्तर्गत नगर क्षेत्रभित्रका खेलमैदानहरु स्तरोन्नती कार्यको शुरुवाट गरिएको छ ।
१८. हरित शहर निर्माण अभियान अन्तर्गत वडा नं ११, १२, १५ र १७ का भित्रि मूल सडकको दायाँवायाँ वृक्षारोपण गरिएको छ ।
१९. कावासोती खानेपानीसँगको सहकार्यमा वडा नं ३ मा ओभरहेड टंकी निर्माण सम्पन्न भएको छ । वडा नं ४, १२, १३ र १७ मा खानेपानी टंकी तथा वडा नं ४ को चिलाहा खानेपानी आयोजनामा पाइपलाइन विस्तार गरि डिप वोरिङ्ग सञ्चालनमा रहेको साथै वडा नं १५ मा खानेपानी पहुँच विस्तारको लागि पाइपलाइन विस्तारको कार्य गरिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१