इनरुवा । सुनसरीको रामधुनी नगरपालिका–६ बक्लौरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका–६ का वडासचिव ५३ वर्षीय नन्दकुमार श्रेष्ठ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो । इचोलबाट बक्लौरीतर्फ जाँदै गरेको को२४प ९४५६ नंको मोटरसाइकल आफँै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस )
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१