चोरमारा । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका – १० मा आगामी स्थानीय तह निर्वाचनको लागि नेकपा एमालेले वडा अध्यक्ष पदमा सर्वसम्मत उम्मेदवार चयन गरेको छ ।
आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि अन्य स्थानमा उम्मेदवारको लागि प्रारम्भिक छलफल शुरु भइरहदा एमाले मध्यविन्दु–१० ले भने सर्वसम्मत रुपमा रणबहादुर थापालाई अध्यष पदको लागि उम्मेदवार चयन गरेको हो ।
बिहिबार पार्टी वडा कमिटी कार्यालय उद्घाटन तथा वडा भेलाबाट थापालाई सर्वसम्मत रुपमा वडा कमिटीको अध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय भएको हो । एमाले प्रदेश कमिटी सदस्य जनकलाल श्रेष्ठ, पार्टी जिल्ला कमिटी सचिव भिमलाल अधिकारी, नगर इञ्चार्ज बाबुराम पाण्डे लगायत पार्टी नेतृत्वको समेत उपस्थितिमा थापालाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवार चयन गरिएको हो ।
पार्टी उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि जनक लाल श्रेष्ठले पार्टीलाई आगामी स्थानीय तह निर्वाचनमा बिजयी बनाउन सबै पार्टीका सदस्यहरु क्रियाशिल हुन आवश्यक रहेको बताउनु भएको थियो । विगतको सिकाईलाई हेरेर आगामी योजना निर्माण गर्दै चुनावमा होमिन सबै पार्टी सदस्यहरुलाई उहाँले आग्रह गर्नुभयो ।
एमाले नवलपुरका जिल्ला सचिव भिमलाल अधिकारीले सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेर मध्यविन्दु–१० ले सबै वडा कमिटीहरुमा राम्रो सन्देश प्रवाह गरेको बताउनुभयो । उम्मेदवार थापालाई शुभकामना दिनुहुदै उहाँले अब मध्यविन्दु १० को वडा सहित सिंगो नगरपालिकामा एमालेलाई निर्वाचित गराउन सबै पार्टी सदस्यहरुको जिम्मेवारी काधमा आएको भन्दै त्यसमा लाग्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा पार्टी नगर अध्यक्ष मधुविलास अधिकारी सहित पार्टीका विभिन्न तहका नेताहरुको समेत उपस्थिति रहेको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१