पवित्रा पराजुली
चोरमारा । नवलपरासी पूर्व नवलपुरको दुई पसलबाट अखाद्य माछा भेटिएको छ । बुधबार जिल्लाको मध्यविन्दु नगरपालिका–७ स्थित चोरमारा बजारमा अनुगमन गरिएकोमा दुई वटा माछा पसलमा ३३ किलो माछा अखाद्य रहेको पुष्टि भएको हो ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्व, घरेलु तथा साना उद्योग कार्यालय नवलपुर, कृषि ज्ञान केन्द्र नवलपुर, नवलपुर उद्योग वाणिज्य सघं, उपभोक्ता हकहित सरंक्षण मञ्च नवलपुर र जिल्ला प्रहरी कार्यालय नवलपुरले समन्वय गरेको थियो ।
बजार अनुगमनको क्रममा भेटिएको उक्त ३३ किलो अखाद्य माछा जफत गरी नष्ट गरिएको छ । माछालाई ताजा बनाउन फर्मालिन प्रयोग गरेको हुँदा नष्ट गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ नवलपुरका डाक्टर रिसब गुरागाईले बताउनुभयो । माछा देख्दा आर्कषक देखीने भएपनि यसले मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने उहाँले बताउनुभयो ।
चोरमारा बजारमा रहेका माछा मासु पसल, भेटेनरी, दुग्ध डेरी र बेकरीको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरको आयोजनामा अनुगमन गरिएको हो ।
बजारमा कालोबजारी र महंगी सृजना हुन नदिन जिल्ला स्थित विभिन्न कार्यालयहरुको समन्वयमा निरन्तर बजार अनुगमन गरिरहेको जिल्ला प्रशाशन कार्यालय नवलपुरका सहायक जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो । अनुगमनका क्रममा ब्यवसाय दर्ता भए नभएको, पसलबाट बिक्री गरिएको खाद्य बस्तुको गुणस्तर कायम भए नभएको, उपभोग्य मिति भए नभएको र त्यसको खरिद देखी बिक्री मुल्य समेत हेरेर कैफियत देखिएकोमा एक पटक लाई सल्लाह सुझाव दिइएको बरालले बताउनुभयो । अनुगमनको क्रममा चोरमारा बजारमा तिन वटा मासु पसल दर्ता नगरी सञ्चालन भएको भेटिएको थियो । बजारमा कालोबजारी हुन नदिने र उपभोक्ताको स्वस्थकर गुणस्तरीय उपभोग्य सामग्री खान पाउने अधिकार सुनिश्चित आफुहरु निरन्तर लागेको गुरागाईले बताउनुभयो ।
भेटेनरी अनुगमनको क्रममा औषधी बिक्रि लाईसेन्स, नेपाल सरकारले प्रतिबन्ध गरेका औषधीहरुको बिक्रि वितरण भएनभएको अनुगमन गरिएको थियो ।
नेपाल सरकारको सार्वजनिक उपभोक्ता ऐन बमोजिम यस्ता ठग धन्दा चलाउने कुनै पनि व्यापारीलाई उपभोक्ता को स्वास्थ्य माथी प्रतिकुल असर साथै खेलवाड गरेको भेटिए हदै सम्मको सजाय तोकिएको छ । अनुगमनको क्रममा मापदण्ड पुरा नभएका पसलहरुलाई एकपटक सुधार गर्ने मौका दिएको छ ।
अब पनि यसरी मूल्य सुचि नराखी आफुखुसी मनपर्दी ढङ्गले मासु तथा दुग्ध जन्य पदार्थ बिक्री बितरण गरेको भेटिए हदैसम्मको जरिवाना साथै सजाय हुन सक्ने कानुन बमोजिम गरिने सहायक जिल्ला अधिकारी बरालले बताउनुभयो ।
यसैबीच बुधबार नै मध्यविन्दु नगरपालिकाले मध्यविन्दु नगरपालिकाको विभिन्न स्थानमा समेत बजार अनुगमन गरेको छ । यस अगाडी नगरपालिकाको मुख्य बजार क्षेत्र चोरमारा र अरुणखोलामा अनुगमन गरेको नगरपालिकाले बुधबार मध्यविन्दु ३ को कोल्हुवा आसपासको क्षेत्रमा अनुगमन गरेको हो ।
अनुगमनको क्रममा मुल्य सुचि भए नभएको, साईन बोर्ड भए नभएको, व्यवसाय दर्ता तथा नविकरण भए नभएको, नापतौल प्रमाण भए नभएको, लेवलमा खुलाउनु पर्ने कुराहरु स्पष्ट उल्लेख भए नभएको, म्याद नाघेको सामाग्री भए नभएको, स्थाई लेखा नम्बर वा भ्याटमा दर्ता भए नभएको, बिक्रि बिल दिने पक्रिया भए नभएको, मासुको गुणस्तर सन्तोषजन भए नभएको, मिठाईको गुणस्तर लगायतको पक्षहरु सन्तोषजनक भए नभएको, ग्यासको तौल, मुल्य लगायतको विषय सन्तोषजनक भए नभएको, खरिद बिल भए नभएको लगायतका पक्षहरुको अनुगमन गरिएको मध्यविन्दु नगरपालिका सामाजिक विकास शाखाका प्रमुख बिष्णु प्रसाद शर्माले बताउनुभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१