रामपुर (पाल्पा) । पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पामैदानका छ छोरीले बुबाको काजक्रिया गरेर समाजको पुरानो संस्कार तोडेका छन् । स्थानीय रेवत हिस्कीको ६७ वर्षको उमेरमा निधन भएपछि उहाँका छ छोरीले छोरासरह नै हिन्दु संस्कारअनुसार काजक्रिया गरिरहेका छन् ।
दिलमाया, तेजमाया, प्रेमकुमारी, मनकुमारी, खेमकुमारी र सिर्जना हिस्की सेतो वस्त्रमा छोराको जिम्मेवारी निभाउँदै काजक्रिया गरिरहनुभएको छ । एकातिर शिक्षा र चेतनाको कमीले बुबाआमाको मृत्युपश्चात् काजक्रियामा छोरा नै चाहिन्छ भन्ने पुरानो चलन छ भने विस्तारै मानिस पनि शिक्षित बन्दै गएपछि छोरासरह नै छोरीले जिम्मेवारी पूरा गर्न काजक्रिया बसेको साहिली छोरी प्रेमकुमारी बताउनुहुन्छ ।
छ दिदीबहिनीका एक भाइको १० वर्षको उमेरमा लडेर मृत्यु भएको थियो । रेवतको गत चैत ७ गते राति सुतेको समयमा अचानक निधन भएको हो ।(रासस )
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१