गंगा बिश्वकर्मा,कावासोती । नवलपरासी पूर्व नवलपुरमा क्षयरोगका कारण आठ महिनाको अबधिमा १४ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका क्षयरोग फोकल पर्सन डिल्लीराम तिवारीका अनुसार चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा क्षयरोगबाट जिल्लामा आठ जनाको मृत्यु भएकोे हो ।
गत आर्थिक यो रोगबाट जिल्लामा कुल १८ जनाको मृत्यु भएको थियो । तिवारीका अनुसार चालू आर्थिक वर्षको आठ महिनामा तिन सय १२ जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । जसमा सबै भन्दा धेरै गैंडाकोट नगरपालिकामा ६८ जना क्षयरोगका बिरामी फेला परेका छन् भने सबै भन्दा कम बाँैदीकालि गाउँपालिकामा ६ जना फेला परेका छन् ।
त्यस्तै कावासोती नगरपालिकामा ६७ जना , देवचुलि नगरपालिकामा ६० जना, मध्यविन्दु नगरपालिकामा ४९ जना , विनयी त्रिवेणी गाउँपालिकामा ३८ जना, हुप्सेकोट गाउँपालिकामा १५ जना र बुलिङटार गाउँपालिकामा नौं जना क्षयरोगको बिरामी फेला परेको तिवारीले बताउनुभयो । गत वर्ष जिल्लामा चार सय १६ जना क्षयरोगका बिरामी फेला परेका थिए ।
आज विश्वभर क्षयरोगको अन्त्यका लागि लगानी बढाऔँ ः जीवन बचाऔँ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस मनाइँएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१