गंगा बिश्वकर्मा
कावासोती । गृहमन्त्रि बालकृष्ण खाँणले देशको विकासको लागि एमसिसी आवश्यक रहेको बताउनुभएको छ । देशमा आवश्यक बिद्युतको उत्पादन , बाटोघाटोको निर्माण लगायत भौतिक पूर्वाधार निर्माणका लागि एमसिसी अपरिहार्य रहेको बताउनुभएको हो ।
आज बुधबार नवलपरासी पुर्वको कावासोतीमा आदिवासी जनजाति महासँघको १० औ महाधिवेसनलाई सम्बोधन गर्दै उँहाले एमसिसी पास गर्नका लागि सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभएको छ । साथै उँहाले सैन्य प्रयोजनका लागि एमसिसी नभएको उल्लेख गर्दै भ्रममा नपर्न समेत आग्रह गर्नुभयो ।
त्यस्तै गृहमन्त्रि खाँणले आदिवासी जनजातिहरुको संबिधानप्रतिको असन्तुष्टतालाई हटाउनका लागि आफ्नो सरकार वार्ताका लागि सकरात्मक रहेको बताउनुभएको छ ।
आदिवासी जनजातिहरुको चाँडहरुमा दिनुपर्ने बिदालाई सम्बोधन गरिएको भन्दै उहाँले अगामी दिनमा समेत सँस्कृतीलाई जर्गेना गर्न सरकार सधै तत्पर रहेको बताउनुभयो ।
उहाँले आसन्न स्थानिय तहको निर्वाचनमा सहभागि हुनका लागि सबै दल र देशका नागरिकहरुलाई अनुरोध समेत गर्नुभएको छ । कावासोतीमा सञ्चालन भइरहेको आदिवासी जनजाति महासँघको १० औ महाधिवेसन भोलि बिहिबार सम्म चल्ने छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१