गंगा विश्वकर्मा
कावासोती । आवेदन दिने पहिलो दिन नै नवलपुरमा ४ सय ३१ जनाले म्यादी प्रहरीमा रोजगारिको लागी आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरको अनुसार स्थानीय तह निर्वाचनको सुरक्षाका लागि नवलपुर जिल्लामा पहिलो दिन ३ सय ३५ जना पुरुष र ९६ जना महिला गरि ४ सय ३१ जनाले म्यादी प्रहरीमा रोजगारीको लागी आवेदन दिएका हुन् ।आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको सुरक्षा प्रयोजनका लागि पहिलो दिननै यती ठुलो संख्यामा म्यादी प्रहरीका लागि आवदेन दिएका हुन् ।
आजबाट सुरु भएको म्यादी प्रहरी भर्ना कार्यक्रम उत्साहजनक रुपमा अघि बढेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप कुमार गिरिले जानकारी दिनुभयो । आवेदनको सिमावधि सकिएपछि लिखित, मौखिक, शारिरिक परिक्षा पास गरेका योग्य उम्मेद्वारलाई छनौट गरिने गिरिले जानकारी दिनुभयो । जिल्लामा एक हजार ३० जनाको म्यादी प्रहरीमा दरबन्दी रहेको समेत डिएसपी गिरिले जानकारी दिनुभयो ।
म्यादी प्रहरीका लागि १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेका नेपाली नागरीकले निःशुल्क रूपमा दरखास्त बुझाउन सक्नेछन् । दरखास्त दिन आउँदा नेपाली नागरिकताको प्रतिलिपि र ५ थान पासपोर्ट साईजको फोटो लिएर आउन समेत गिरिको आग्रह छ ।
नेपाल सरकारले छनोट गर्ने छनोट प्रक्रियामा विशेष गरी पूर्व नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेनालाई प्रथमिकता दिइने छ ।
म्यादी प्रहरीका लागि चैत ६ गतेदेखि ११ गतेसम्म जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको कावासोतीमा उपस्थित भई दरखास्त दिन सकिनेछ ।
प्राप्त भएका आवेदनहरूको छनौट चैत्र १६ गतेबाट शुरू हुनेछ । चैत्र २२ गते १ हजार ३० जना म्यादी प्रहरीको अन्तिम नतिजा प्रकाशन गर्नेगरि तयारी भएको गिरीले जानकारी दिनुभयो । छनौट भएका म्यादी प्रहरीको लागि चैत्र २८ देखि १५ दिनको तालिम सञ्चालन हुनेछ ।
भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन । ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरिले खाद्यान्न वापत ७ हजार २००,पोशाक तथा अन्य खर्च गर्ने गरि ६ हजार, यातायात खर्चवापत एक हजार र बिमा सुविधाको व्यवस्था गरिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१