नयाँ दिल्ली, २१ फागुन (रासस÷एएनआई) ः भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या दिन प्रति दिन घट्दै गइरहेको छ ।
सरकारी अधिकारीहरूले शनिबार बिहान दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा थप पाँच हजार ९२१ जना सङ्क्रमित भएका छन् ।
योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने ६३ हजार ८७८ पुगेको अधिकारीहरूले जनाएका छन् ।
भारतको संघीय स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ११ हजार ६५१ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।
एउटै अवधिमा नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या पनि घट्दै गइरहेको हो ।
भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २३ लाख ७८ हजार ७२१ पुगेको छ ।
कोरोनाभाइरसका कारण भारतमा अहिलेसम्म पाँच लाख १४ हजार ८७८ जनाको मृत्यु भएको छ । ती मध्ये २८९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
गत शुक्रबार एक दिनमा भारतमा नौ लाख ४० हजार ९०५ जनाको कोरोना परीक्षण गरिएको छ ।
—
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१