नमुना पोष्टप्रकाशित मिति: २०७८ मंसिर २२, बुधबार (३ साल अघि)
Advertisement
ज्ञानु पंगेनी
कावासोती । नवलपुरमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार मृत्यु हुनेमा कावासोती नगरपालिका – १५ शेरगञ्ज बस्ने ६५ वर्षका रेशमलाल महतो रहेका छन् । बुधबार दिउँसो दुई बजेतिरको समयमा आफ्नै घर नजिकै रहेको चउरमा गएर बस्दै गरेका महतोलाई अचानक गैंडाले आक्रमण गरेर गम्भिर घाईते बनाएको थियो । घाईते महतोको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।