— ठाकुर प्रसाद पाण्डे
राष्ट्र राष्ट्रियता, जनता, पार्टी र कार्यकर्ताका लागि विशेषगरी प्रतिक्रियावादी, संशोधनवाद भन्दा नेपालमा कयौं गुणा अवसरवादका कारण नेपालको राजनीतिक पार्टी र स्थिर सरकारको अवस्था विगत देखि वर्तमान सम्म तरल रुपमा नै कायम रह्यो । अवसरवाद कहिले विदेशी शक्तिहरुको चासोको विषय बन्न पुग्यो । कहिले व्यक्तिगत गुटगत स्वार्थ भन्दा माथि उठ्न सकेन । विशेषगरी पंचायति व्यवस्था जुन एकदलिय व्यवस्था अर्थात निरदलिय व्यवस्था पद्धतिमा पनि पंचायतको चुनाव ५/५ वर्षमा हुने भनिएता पनि एउटा व्यक्ति ५ वर्ष सम्म लगातार प्रधानमन्त्री हुन सकेन । त्यसबेला विशेष गरी एउटा व्यक्ति निरन्तर प्रधानमन्त्री भएमा छिमेकी देशका लागि अनुकुलन नहुने ठानेर व्यवस्था एउटै भएपनि व्यक्ति परिवर्तन गरी आफ्नो दुनो सोझ्याउने रणनीतिको कारण मन्त्री फेरबदलको समस्या थियो । यसका विशेष गरी भारतिय शासकहरु नै नेपालमा अस्थिरताको बिऊ छर्ने काम राजा त्रिभुवन पाला देखिनै प्रत्यक्ष वा अप्रत्यक्ष गर्दै आयो । राणाहरुको विरुद्धमा काग्रेस र दरबारलाई सहयोग पुर्याएर राणा सरकार पतन भयो । त्यसपछि त्रिभुवन सँग दिल्लीमा सम्झौता गरी राणा, काग्रेस र राजाको त्रिपक्षिय सरकार गठन पछि वैधानिक किसिमले नेपालमा हस्तक्षेप सुरुभयो । जुन १९५०, १९६५ सन्धीको गण्डक सम्झौताहरु नेपाल र नेपालीको हित विपरित भारतिय स्वार्थलाई जोडेर संन्धी गरियो । जुन आजको पुस्ताको लागि पनि गम्भीर समस्याको रुपमा स्थापित छ ।
बहुदलिय व्यवस्थाको पुर्नस्थापना पछि पनि गिरीजा प्रसाद कोइरालाको बहुमत सरकारलाई अविस्वासको प्रस्ताव ल्याउन पार्टी भित्रैबाट शेर बहादुरलाई उपयोग गरेर संसद खरिद विक्रिको अवस्थाको नया इतिहास रच्ने व्यक्ति शेर बहादुर नै हुन यसरी पछिल्ला समयमा काग्रेसबाट पनि भारतले नया संन्धी सम्झौता गराउन नसक्ने र भारतीय शासकका लागि अनुकुल नभएपछि काग्रेससँग सम्वन्ध पनि चिसिदै गएको अवस्थामा नेपालमा कथित जनयुद्धको आडमा धनयुद्ध सुरुभयो । कथित जनयुद्ध भारतिय इसारामा भएको कुरा एक पछि अर्को घटना र भारतिय शासकको सम्वन्धले उजागर गरेको छ ।
भारतीयहरुले आफ्नो छिमेकी राष्ट्र आफ्नो अनुकुल चलेन भने त्यो देशमा गृहयुद्ध सुरु गराउन समेत पछि पर्दैनन् । यस उदाहरण श्रीलंकाको सिंहालीहरु र तामिलहरुको लामो समयको युद्ध हो । जुन धेरै वर्ष पहिले भारतबाट तामिलनाडु काम गर्न गएका भारतीयहरुलाई श्रीलंका सरकारसँग युद्ध गर्न लगाउने, हतियार आपूर्ति गर्ने काम स्वयम भारतबाट भएका घटना हाम्रा सामु छर्लड्ड छ । जुन विषयलाई सिंहाली जनता र श्रीलंका सरकारबाट निर्मम युद्धको सामना गरी तामिल युद्ध सदाका लागि अन्त्य भयो । यसरी नै नेपालमा पनि द्वन्द, अस्थिरता, गराउने र नेपाली नेपाली बिच फुटको राजनीति गर्ने । आर्थिक अवस्था कमजोर बनाई सधै पराधिन बनाउने कुटिल षडयन्त्र कारण नै कथित जनयुद्ध थियो ।
नेतृत्व भारतको नोयडामा बस्ने, भारतसँग मिलेर हतियार सप्लाई गर्ने नेपाली निहत्था नागरिकको चिहान बनाउने कामले सफलता पाउने । युद्ध कौशल, आक्रमण तयारी शैली तालिम सबै श्रीलंकामा दिएका जनशक्ति नै भारतसँग प्राप्त भएको कारण पनि नेपाली सुरक्षा निकाएलाई समस्या थियो । अर्को तर्फ जनताको बिच बसेर युद्ध गर्नु र क्याम्पमा बसेर युद्धको तयारी गर्नु नेपाली सेनालाई समस्या थियो । यसरी सुरु भएको युद्धलाई भारतिय ‘र’ र अमेरिकी सिआईए को रोहोबरमा भारतीय सुरक्षाकर्मीको घेरामा १२ बुदे शान्ति सम्झौताले के प्रष्ट पार्छ भने नेकपा माओवादी सरकारमा पुगेपछि भारत र अमेरिकाको हित विपरित गतिविधि संचालन नगर्ने र ति राष्ट्रको हित अनुकुल कार्य गर्ने भन्ने सहमतिलाई कार्यन्वयन गर्ने विषयको कारणले हामी भारतीय सरकारको लागि कम्फरटेबल सरकार बनाउछु भनेर सार्वजनिक रुपमा उद्दघोष गर्नु उसको लागि रहरले होइन शक्ति राष्ट्रसँग गरिएको सहमति र दिएको विश्वासको परिणाम हो । यसरी विदेशी शक्ति केन्द्रको आडमा संचालन गरिने अस्थिरताबाट आफुलाई र आफ्नो गुटलाई सत्ता स्वार्थको कारण सबै भन्दा ठुलो दल भएपनि सत्ताबाट बाहिरिनु पर्ने बाध्यता भयो ।
विगतमा सरकार अस्थिरताको लागि संसदहुनु नै खरिद विक्री हुने गरेको अवस्थाबाट त्यो चरण पारगरी न्यायलयका न्यायमुर्ति स्वघोषित केहि मुठी भर नामधारीहरु समेत विदेशी शक्ति केन्द्रको गोटी बन्ने अध्यायको इतिहास बनेको छ । जुन कुरा आम नेपालीहरुको लागि आजमात्र होइन पछि सम्मका लागि समेत मुलुक अध्यारो सुरुङ तिर धकेलिने छ । यो कसैका लागि सुखद क्षण त होला तर भविष्यमा यो आम नेपाली जनातका लागि भयभित र डरलाग्दो अवस्था अशुभको लक्षण हो । संसदिय व्यवस्था र प्रजातन्त्रको सुदृढिकरण र प्रत्याभुतिको राग अलाप्ने देश पनि जनादेश भन्दा बाहिर गएर सिमित कालोकोटको परमआदेशबाट प्रधानमन्त्री बन्नु साँच्चीकै राजनीतिक तथा नैतिक संकटको सुरुवाती अवस्था हो ।
अर्काथरी जुन पार्टी अध्यक्ष महाधिवेशनमा पराजित हुने पार्टी पंक्ति र कार्यकर्ताको भावना मर्म नबुझ्ने त्यसैको परिणाम महाधिवेशनमा हार खाने र विधि र पद्धतिको राग अलापेर सौताको रिसले पोइको काँखमा मुत्ने प्रवृति पनि व्यक्तिगत स्वार्थको घेरा भन्दा बाहिर निस्कन नसक्नु हो । अर्को तर्पm प्रजातान्त्रिक प्रक्रियामा चुनाबलाई विश्वास गर्ने र चुनाबमा उम्मेदवारी गर्ने चुनाब हारेपछि प्रधानमन्त्री, मन्त्री र संसदको पद चाहियो भनेर बालहठ देखाउने, घुर्काउने, पार्टी कार्यालय, प्रधानमन्त्री कार्यालय भन्दा बढि पेरिसडाडा, बुढानिलकण्ठ र खुमलटार धाउने घोर प्रक्रियावादी उग्रवामपन्थी र संशोधनवादी र प्रतिक्रियावादीको काँधमा बन्दुक राखेर आप्mनै नेतृत्व, पार्टी कार्यालय, कार्यकर्तामाथि प्रहार गर्ने प्रवृति चरम व्यक्तिवाद, अवसरवादको प्रकाष्ट हो । पार्टी भित्र दुईलाइनको संघर्ष हुनु पर्दछ यदि पार्टीलाई जीवन्त राख्ने हो भने त्यो पनि विचार, सिद्धान्त, विधि, प्रक्रिया, कार्यशैली, व्यवहार, आचरण, जिम्मेवारी, कार्यन्वयन, उपलब्धी, समस्या, जटिलता, राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थिति, पार्टीको अनुकुल, प्रतिकुल, मित्रशक्ति, विश्लेषण, प्रधान दुश्मनको यकिन, कार्यगत एकता लगायत धेरै विषयमा विवाद छलफल, आलोचना, आत्मआलोचना संचालन गर्ने पार्टीलाई रक्तसंचार दिन सकिन्छ । भनिन्छ, नेपालीमा उखानै छ–लुतो आयो भनेर नाड्डै सडकमा गएर कन्याउने होइन, घरको कोठामा बसेर कन्याउने र डाक्टरको सल्लाह अनुसार उपचार गराउने हो । लुतो आयो भनेर चर्को स्वरमा कराएर विरोधीहरुलाई देखाएर रोग सन्चो हुदैन । अझ झन बढि बल्झिन्छ यसरी पार्टी संचालनको लागि व्यक्तिगत स्वार्थ, गुटगत स्वार्थ अझ भनौ भने पार्टीगत स्वार्थ भन्दा माथि उठेर राष्ट्रिय स्वार्थलाई महत्व र जिम्मेवारीको रुपमा लिन सके मात्र जनता र देशले निकाश पाउछ र नेतृत्व सफल हुन्छ ।
सत्ता, शक्ति बाहेक अरु केहि नदेख्ने, सत्ता बाहिर बसेर रमाउन नसक्ने नेतृत्व चरम अवसरवादी हो उ लामो समय नेतृत्व बाहिर बस्दाको अवस्थामा पार्टीलाई निर्माण तिर होइन ध्वंसतिर लाने प्रवृति नेपालको राजनीतिक इतिहासमा अहिले मात्र हैन हिजो पनि थियो । तर हामीलाई यो घाउ आलो भएकोले बढि दुख्नु स्वभाविक हो यस्तो घटना हाम्रो देशमा मात्र पनि नभई संसारकै इतिहासमा देखिन्छ । यस्ता अवसरवादी नेतृत्वले बेला बखतमा आफ्नो संस्कार, प्रवृति, स्वभावबाट ति लक्षणहरु झल्किन्छ तर हामी सुक्ष्म रुपले विश्लेषण गर्ने सुधारको प्रयास तिर लाग्दैनौ र केहि व्यक्तिहरु त त्यसैलाई मार्गदर्शनको रुपमा ग्रहण गर्दै त्यही स्वभाव पछि ग्रहण गरी वफादार र विश्वाशिलो पात्र भएको कार्यकर्तामा परिणत हुन पुग्दछ । त्यो संख्या बढ्दै गएपछि गुटमा परिणत भई नेतृत्वको स्पीडलाई अल्पमतमा पारी पार्टीलाई विभाजनको रेखाकोर्न सम्म पुग्दछ । तसर्थ अवसरवाद शक्ति राष्ट्रहरुले कमजोर राष्ट्रलाई आफ्नो अनुकुल उपयोग गर्ने पनि हुन्छन अर्को व्यक्तिगत इच्छा चाहना जुन शक्ति सत्ता, भोगविलाश, आर्थिक कारोबारमा बढि केन्द्रित देखिन्छ त्यस्ता विषयलाई पार्टीसँग जोडेर पार्टीको उपलब्धीसँग व्यख्या गरेर आम कार्यकर्तालाई भ्रम सिर्जना गरी आप्mनो स्वार्थ शिद्धगर्ने प्रवृति सामन्तवादी र पुँजीवादी राज्यसत्ताका न्युनतम विशेषता हुन् ।
नेपालमा प्रतिगमन भयो भनेर राग अलाप्नेहरुले त्यहि मुठिभर व्यक्ति र अन्तराष्ट्रिय स्वार्थको लागि गरिएको संडयन्त्र हो भन्ने विषयमा समयले खोल्दै गएको छ । अमेरिकी कथित सहयोगको नाममा एमसीसी पास गरी नेपाल र नेपालीको स्वाभिमानको चिरहरण गर्ने सार्वभौमसत्ता खतम गर्ने योजनाले अमेरिकी सरकार र भारतीय सरकारको संयुक्त लगानीमा अदालतलाई समेत खरिद गरिएको अवस्था छ । अर्को तर्फ ललितानिवास प्रकरणका नाईकेहरुलाई कार्वाहीको प्रक्रिया अघि बढ्ने डरले यो सडयन्त्रको खेल खेल्न अदालतको सहारा लिनुपरेको कुरा स्पष्ट छ । भरखरै मात्र ललितानिवास प्रकरणका कामहरु रोक्ने भन्ने आदेशले यो कुरालाई स्पष्ट पारेको छ । अर्कोतर्पm इटाभट्टामा जिउदै मान्छे मार्नेलाई कार्यवाही मुक्त गराउन उद्देश्य देखिन्छ । माथि उल्लेखित ज्यादतीलाई सुनपानी छर्केर चोख्याउन यत्रो नाटक मन्चन गरिएको रहेछ, गठबन्धन सरकारको एकहोरो नारा प्रतिगमन भयो, केपि ओली सरकारले वर्तमान गणतन्त्रलाई दरबारमा बुझायो ? अदालतको अपहेलना गर्दै सेना परिचालन गर्यो ? ज्ञानेन्द्रलाई दाम चढाएर बिन्ती गर्यो ? भारतीय र अमेरिकी सरकारलाई प्रधानमन्त्रीको कुर्चि बचाई दिन अनुरोध गर्यो ? तसर्थ यि माथिका प्रश्नहरुको जवाफको प्रतिक्षामा नेपाली जनता छन । आप्mनो संसदमा भारतीय हस्तक्षेपको विरोध गर्नु प्रतिगमन हो ? जनतामा भएको लोकप्रियतालाई सहन नसकेर विषबमन गर्नको लागि रचियको पात्रको एकाड्ढि नाटक हो ।
नेपालमा झै इजरायलमा पनि चार पटक सम्म संसद विघटन भएको छ । आम निर्वाचन पछि १२ वर्ष सम्मको सरकार चलाएको व्यनजामिन नेतन्याउ बर्हिगमन भएका छन । नेपालमा चुनाब गराएर ओली सरकारलाई बर्हिगमन गराउन नसकेर अमेरिका र भारतको अनुकुलको लागि अदालतलाई समेत खरिद गरि परमआदेशबाट सरकार बनाउनु आम सोझासाझा देशभक्त नेपालीहरु प्रति गम्भीर घात गरिएको हो । गठबन्धन सरकारले एमसीसी पास गर्नको लागि संसदको टेबुलमा पेश गरेपछि यस गठबन्धन सरकारका अन्त्यका लागि दिन गन्न सुरु हुन्छ । महाकालि नदि पार गर्न लाग्दा तुईनमा चढेर पारी जान लागेको बेलामा भारतीय सैनिकले तुईन काटेर नेपाली नागरिकलाई नदिमा बेपत्ता हुदा चुईक्क बोल्न नसक्ने गठबन्धन सरकारबाट अब हामी नेपालीले सुखि नेपाली र समृद्ध नेपालको आशा कसरी गर्ने ।
(लेखक : सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला महासंघ, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) का अध्यक्ष हुन् ।)
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१