कावासोती । प्रधानमन्त्री कृषि आधुनीकिकरण अन्र्तगत सुन्तलाजात फलफूल – जोन कार्यक्रम अन्तरगत चालु आर्थिक वर्षमा करीब ८० हजार बीरुवा वितरण गरिएको छ ।
पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा सुन्तला र केही तराई क्षेत्रमा कागती समेत गरेर सञ्चालन गरिएको सुन्तलाजात फलफूल – जोन कार्यक्रम अन्तरगत समावेश भएका कृषक तथा कृषि समूह र व्यक्ती समेतलाई गरि उक्त परिमाणमा बीरुवा वितरण गरिएको हो ।
प्रधानमन्त्री कृषि आधुनीकिकरण , परियोजना कार्यान्वय इकाई प्रमुख विष्णु प्रसाद शर्माका अनुसार सुन्तला र कागतीको बीरुवा रोप्ने उत्तम समय असार महिना हो । कोभिडका कारण केही समस्या भएपनि बीरुवा रोप्ने समय खेर नजाओस् भनेर किसानलाई पायक पर्ने ठाँउमा बोलाएरै बीरुवा वितरण गरिएको शर्माले बताउनुभयो ।
जिल्लामा कार्यक्रम सञ्चालन भएपछि सुन्तला र कागती खेती गर्न किसानहरु आकर्षित बनेको उहाँले बताउनुभयो । कार्यक्रम सुरु गरेपछि क्षेत्र समेत विस्तार भएको छ । बौदीकाली ६ मा पर्ने नेवारबारीमा ६ हजार ९६० , राईकोटमा १० हजार ७५० बीरुवा र लाहापेमा ६ हजार ८५० र बुलिङ्गटार ५ भदौरीमा ७ हजार सुन्तला र कागतीका बीरुवा चक्लाबन्दीमा लगाईएको शर्माले बताउनुभयो । बौदीकाली ३ सीउनमा ४ हजार र यस वर्ष कागती खेती विस्तार गरिएको मध्यविन्दु नगरपालिका ८ मा सुनकागतीको ४ हजार बीजु र कलमी बीरुवा वितरण गरिएको गरिएको छ । यी दुई स्थानमा कागतीको चक्लाबन्दी खेती गरिएको छ । सुन्तला र कागती दुवै खेतीमा चक्लाबन्दीमा मात्रै ३९ हजार ५६० बीरुवा वितरण गरेको शर्माले जानकारी दिनुभयो । यी ठाउँमा ठूलो परिमाणमा खेती लगाउने योजना अनुसार सुन्तला र कागती खेती गरिएको छ ।
जोन कार्यक्रम अन्तरगत किसानलाई ५० प्रतिशत अनुदानमा बीरुवा वितरण गरिएको हो । गएका वर्षहरुमा सबै बीरुवा बाहिर जिल्लाबाट ल्याउनुपरेको थियो । तर , यस वर्ष जिल्लामा नै सुन्तला र कागतीको नर्सरी समेत स्थापना गरिएपछि २५ हजार बीरुवा जिल्लामै उत्पादन गरिएको छ । १८ हजार कागती र ७ हजार सुन्तलाको बीरुवा उत्पादन भएको छ । अन्य बीरुवा पाल्पा र गोरखाबाट ल्याईएको हो । बाहिरबाट ल्याउँदा महङ्गो पर्ने , बीरुवा मर्ने लगायतका समस्या हुँदै आएकाले जिल्लामै नर्सरी स्थापना गरिएको परियोजनाका सुचना अधिकारी रवि किरण अधिकारीले बताउनुभयो । आउँदा दिनमा सबै बीरुवा जिल्लामै उत्पादन गर्ने लक्ष्य राखिएको उहाँ बताउनुहुन्छ । सुन्तलाको बीरुवा स्थानीय जातको हो भने , सुनकागती १ , २ र पहाडमा तेह्रथुम स्थानीय जातको कागती वितरण गरिएको अधिकारीले जानकारी दिनुभयो ।
चक्लाबन्दी बाहेक देवचुली,गैंडाकोट र मध्यविन्दुमा क्षेत्र विस्तार तथा केही व्यक्तीगत किसान समेतलाई गरेर करीब ८० हजार बीरुवा वितरण गरिएको हो ।
बुलिङ्गटार , बौदीकाली र हुप्सेकोट गाउँपालिकाको केही वडा र गैंडाकोट , देवचुली र मध्यविन्दु नगरपालिकाको केही वडा छनौट गरेर ५ सय हेक्टर क्षेत्रफलमा यो कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रम सञ्चालन भएपछि क्षेत्र विस्तार समेत गरिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१