वासोती । पूर्बी नवलपरासीको कावासोती १७ नम्बर वडाले कृषक समुहलाई ट्रयाक्टर खरिद गर्न सहयोग गरेको छ । वडा भित्र रहेको चारपाते कृषक समुहलाई वडाको बजेटबाट ट्रयाक्टर खरिद गर्न सहयोग गरेको वडा अध्यक्ष छविलाल महतोले बताए ।
सामुहिक कृषि प्रयोजनका लागि कावासोती नगरपालिका र स्थानीयको सहभागितामा ट्रयाक्टर खरिद गरिएको हो । खरिद गरिएको ट्रयाक्टर सोमबार कावासोती नगर उपप्रमुख प्रेमशंकर मर्दनियाले समुहको सदस्यहरुलाई नगरपालिका परिसरमा हस्तान्तरण गरेका थिए ।
कुल १५ लाख २० हजार रुपैंयामा खरिद भएको ट्रयाक्टरका लागि नगरपालिकाले ५ लाख ८३ हजार ५ सय रुपैंया अनुदान उपलब्ध गराएको कावासोती नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताए । बाँकी ९ लाख ३६ हजार ५ सय रुपैंया समुहमा आवद्ध कृषकको लागत सहभागिता रहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१