पबित्रा पराजुलि
चोरमारा । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकाले दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण गरेको छ । नगरपालिकाको पशु सेवा शाखाले बिहिबार चार प्रजातीका घाँसको विरुवा वितरण गरेको हो ।
नगरपालिका भित्रका पाँचवटा दुग्ध सहकारीमा आवद्ध कृषकहरुको लागि पशु सेवा शाखाले खरिद गरेको किम्मु, राईखनियो, बडहर र निमारो प्रजातिका घाँसको बिरुवा नगर उपप्रमुख ओमकुमारी महतोले सहकारीलाई हस्तान्तरण गर्नुभएको हो ।
पशुशाखामा आवद्ध प्रकृति दुग्ध उत्पादक सहकारी संस्था, पाँचपाण्डब दुग्ध उत्पादक सहकारी संस्था, नवदुर्गा दुग्ध उत्पादक सहकारी संस्था, हरीनारायण दुग्ध उत्पादक सहकारी संस्था र अमृत दुग्ध उत्पादक सहकारी संस्थालाई बिरुवा हस्तान्तरण गरिएको हो । सहकारीलाई हस्तान्तरण गरिएका बिरुवाहरु सहकारीले कृषकहरुलाई वितरण गर्ने पशु सेवा शाखा मध्यविन्दु नगरपालिकाका ज्ञान प्रसाद भट्टाईले बताउनुभयो । उहाँका अनुसार एक लाख ८६ हजार रुपैँया बराबरको किम्मु ६ हजार बिरुवा, राईखनियो एक हजार पाँच सय बिरुवा, बडहर एक हजार पाँच सय बिरुवा र निमारा एक हजार पाँच सय बिरुवा वितरण गरीएको हो ।
मध्यविन्दु नगरपालिकाले आर्थिक वर्ष ७७÷७८ मा दुग्ध उत्पादन वृद्धिका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरीरहेको छ । यसअघि नगरपालिकाले दुध बोक्ने क्यान समेत वितरण गरेको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१