शर्मीला चापागाई
कावासाेेती । जेष्ठ नागरिकको लागी स्वास्थय प्रवर्धन सेवा कार्यक्रम शनिबार कावासोती १२ पिठौलीमा सम्पन्न भएको छ ।
कावासोती नगरपालिका आयुर्वेद शाखाको आयोजनामा कावासोती १२ मा रहेको लक्ष्मीनारायण मन्दिर तथा वृद्घाश्रमका करिब ४० जना जेष्ठ नागरिकको स्वास्थय जाँच गरी आयुर्वेदिक औषधी प्रदान गरिएको हो ।
आश्रममा रहेका जेष्ठ नागरिकलाई थोरै भएपनी स्वास्थय लाभ होस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कावासोती वाड १२ का वडाअध्यक्ष खेमप्रसाद काफलेले जानकारी दिनुभयो ।
कार्यक्रम कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशङकर मर्दनिया को अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा वडा १२ का वडाअध्यक्ष खेमप्रसाद काफले , वडा सदस्य रेमबहादुर महत्व वडा सचिव गोपाल ढकाल लगायत समाजसेवीको उपस्थिती रहेको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१