चोरमारा । नवलपुर प्रहरीले लागु औषध सहित दुईजनालाई मंगलबार बिहान दुम्किबासबाट पक्राउ गरको छ । विनयी त्रिवेणी गाउँपालिका–१ दुम्किबासमा सवारी चेकजाँचको क्रममा प्रहरीले लागु औषध सहित मोरङ जिल्ला विराटनगर–६ का १९ वर्षीय बिशाल ऋशिदेव मुसहर र तनहुँ जिल्ला ब्यास नगरपालिका–१ का २७ वर्षीय मिन बहादुर थापालाई पक्राउ गरेको हो ।
प्रहरी चेकजाँचको क्रममा लु २ ख ७८१ नम्बरको बसमा सवार मुसहरको साथबाट नोफिन ३९८ एम्पुल, फेनारगन ३९८ एम्पुल र डाईजापाम ३९६ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का डिएसपी दिलिप कुमार गिरीले बताउनुभयो ।
त्यस्तै प्रहरीले आज बिहान नै जिल्लाको दुम्किबासमा ना ३ ख ३४६४ नम्बरको बसमा सवार तनहुँ जिल्ला व्यास नपा १ का २७ वर्षीय मिन बहादुर थापा मगरको साथबाट नोफिन २८ एम्पुल, फेनारगन २८ एम्पुल र डाईजापाम २८ एम्पुल बरामद गरेको गिरीले बताउनुभयो ।
पक्राउ परेका दुवै जनालाई लागु औषध तथा नियन्त्रण ऐन २०३३ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अगाडी बढाईएको डिएसपी गिरीले बताउनुभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१