भबिश्वर पाण्डे
कावासोती । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यावस्था कार्यालय, कावासोतीले सवारी साधनको सवारी चालक अनुमति पत्र लाइसेन्स दिनका लागि आज (आईतबार)बाट प्रयोगात्मक परिक्षा सुरु गरेको छ । आज आईतबार चार पाङ्ग्रे सवारी साधनको मात्रै प्रयोगात्मक ट्रायल परिक्षा लिइएको हो । ट्रायल दिएका अधिकांश परिक्षार्थी अनुत्रिण (फेल) भएका छन् । ट्रायल दिएका यातायात व्यावस्था कार्यालय कावासोतीका प्रमुख ज्ञान प्रसाद भुषाल र सुचना अधिकारी टेक बहादुर घर्ति पनि अनुत्रिण भएका हुन् ।
६५ जनाले दिएको प्रयोगात्मक ट्रायल परिक्षामा ६ जनाले मात्रै पास गर्न सफल भएको यातायात व्यावस्था कार्यालय कावासोतीका प्रमुख ज्ञान प्रसाद भुषालले जानकारि दिए ।
गण्डकी प्रदेशका नागरिकहरुका लागि लक्षित गरी सवारी चालक अनुमति पत्रका लागि प्रकृया शुरु भएपनि बाग्मती र लुम्बिनी प्रदेशका नागरिकहरुको पनि सवारी चालक अनुमति पत्रका लागी कावासोतीमा भिड् लागेको छ ।
यातयात ब्यवस्था कार्यालयले सबैप्रकारका सवारी साधनका लागि भन्दै अनलाइन मार्फत आवेदन दिने ब्यवस्था मिलाइएको थियो । यसअघि सवारी चालक अनुमति पत्रको लागी बिरगंज, काठमाडौं,पोखरा र बुटवल जानु पर्ने बाध्यता रहेको थियो भने कावासोतीमै सवारी चालक अनुमति पत्र पाउने भएपछि यहाँका स्थानिय खुसी भएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१