कावासोती । पूर्बि नवलपरासीको कावासोतीमा रहेको नवलपुर जेसीजको १२ औं साधारण सभा शुक्रबार सम्पन्न भएको छ । नवलपुर जेसीज बर्ष २०२० का अध्यक्ष जेसी नारायण प्रसाद न्यौपानेको अध्यक्षता तथा कावासोती नगरपालिका वडा नम्बर ३ का अध्यक्ष अमृत कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
साधारण सभामा नवलपुर जेसीज बर्ष २०२० को महासचिव जेसी राधिका भुषालले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष जेसी भबिश्वर पाण्डेले आर्थिक प्रतिवेदन विवरण पेश गरेका थिए । साधारण सभामा निर्वाचन अधिकृत जेसीआई सिनेटर त्रिभुवन तिवारीले निर्वाचन सम्वन्धी कार्यक्रम वारे जानकारी गराएको थिए । साधारण सभाले नवलपुर जेसीजको बिधान समेत संसोधन गरेको छ । भने संस्थापक अध्यक्ष जेसी बैकुठ अर्याललाई बोड अफ ट्रष्टीको अध्यक्षमा समेत घोषण गरेको छ ।
लाखौंको जग्गा दान
शुक्रबार नवलपुर जेसीजको १२ औं साधारण सभामा मानार्थ सदस्य बनि लाखौंको जग्गा समेत दान गरेका छन् । कावासोती ९ का टंक प्रसाद लुईटेल र कावासोती २ मा बस्ने मनमाया शर्माले कावासोती ९ मा रहेको लाखौं रुपौयाँ पर्ने १४ धुर जग्गा नवलपुर जेसीजलाई दान गरेका हुन् ।
नवलपुर जेसीजको सक्रिय सदस्य जेसी बिष्णु प्रसाद भुषाल र बर्ष २०२० का अध्यक्ष नारायण प्रसाद न्यौपानेको बिषेश पहलमा लाखौं रुपौयाँ पर्ने जग्गा नवलपुर जेसीजलाई प्राप्त भएको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१