कावासोती । पूर्बि नवलपरासीको कावासोती २ मा रहेको मध्यविन्दु बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा बासु देव गिरी चयन भएका छन् ।
शनिबार कावासोतीमा सम्पन्न वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट गिरी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । त्यस्तै अधिवेशनबाट उपाध्यक्षमा त्रिलोचन उपाध्यय, सचिबमा ऋषि राम पौडेल,कोषाध्यक्षमा बिजय कुमार श्रेष्ठ ,सदस्यहरुमा सरस्वति बगाले, तेजेन्द्र सुनार, यसोदा पण्डित चयन भएका छन् । त्यस्तै अधिवेशनबाट लेखा समिति संयोजकमा बिष्णु न्यौपाने,सदस्यहरुमा कृष्ण कुमार गिरी र भुप राज तिवारी चयन भएको निवार्चन मण्डलका संयोजक गोबिन्द सुनारले जानकारी दिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१