कावासोती । नेपाल कम्युनिष्ट पार्टीका यूवा नेता एवम् गण्डकी प्रदेश सांसद राजीव पहारीले माधव नेपाल र प्रचण्डको ब्यक्तिगत चाहाना पुरा नभएको कुण्ठाका कारण पार्टीले वर्तमान अबस्था भोग्नु परेको बताउनु भएको छ । उहाँले आज कावासोतीमा यूवा बिद्यार्थीले निकालेको र्याली पछिको कोण सभामा बोल्दै सो कुरा बताउनु भएको हो ।
माधव —प्रचण्डको अहिलेको मिलन पानी र तेलको जस्तो भएको यूवा नेता पहारीको टिप्पणी थियो । भाडाको माथि तेल छ प्रयोग गरौ गाडी चल्दैन , तल पानी छ पिउन मिल्दैन यस्तो गठबन्धनको कुनै औचित्य नभएको उहाँले ठोकुवा गर्नु भयो । मुल नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व रहेको हुँदा उहाँहरुले ढिलो चाडो पार्टीमा फर्किने बताउनु भयो ।
कोण सभामा अर्का प्रदेश सभा सदस्य रोशनबहादुर गाहाले प्रधानमन्त्रीले निर्वाचन घोषण गरी सकेकाले प्रतिनिधि सभाको निर्वाचनमा सबै लाग्नु पर्ने बताउनुभयो । सरकारलाई आफ्नै पार्टीका नेताहरुले घेराबन्दी गरेपछि ताजा जनादेशमा जानु जनताको र राष्ट्रको हित भएको छ उहाँले भन्नुभयो —‘ राष्ट्रिय दायित्व पुरा गर्दा सरकार माथि प्रहार भयो ’
कार्यक्रममा राष्ट्रिय यूवा संघका नेता किरण पौडेलले नेपालको नक्सामा छुटेको भूमी सहितको चुच्चे नक्सा प्रकाशन गरेपछि आत्तिएका शक्ति केन्द्रको कारण राष्ट्रवादी नेतृत्व माथि प्रहार भएको बताउनुभयो । नेकपाका नेता दीपक अधिकारीले समेत सो अबसरमा बोल्दै सरकारको कदम ताजा जनादेश भएको बताउनु छ ।
कोणसभाको अगाडि प्रधानमन्त्री ओलीको समर्थनमा फिल्म हल चोक देखी शुरु भएको प्रधानमन्त्री ओलीको समर्थनमा सभापति चोक हुदै थाना चोक सम्म पुगेर कोण सभामा परिणत भएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१