ज्ञानु पंगेनी
कावासोती । ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ बुधबारबाट देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । अभियानको अवसरमा कावासोती नगरपाकिलामा दिप प्रज्वलन गरिएको छ ।
विभिन्न सरोकारवाला तथा सर्वसाधारण समेतको सहभागितामा दिप प्रज्वन गरिएको हो । कावासोती नगरपालिकाको आयोजनामा नगरपालिकाको गेट अगाडी दिप प्रज्वलन गरिएको हो ।
कार्यक्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले अभियान अभियानमा मात्र सिमित नभई कार्यान्वयन हुन जरुरी रहेको बताउनुभयो । उहाँले जसरी छोरा जन्मिदा परिवारमा हर्षोउल्लास हुन्छ त्यसरी नै छोरी जन्मिदा पनि खुसीयाली मनाउनुपर्ने बताउनुभयो । समाजमा अझै पनि छोरी जन्मिदा दुःख मान्ने गरेको भन्दै उहाँले छोराछोरी बिचको विभेद अझै पनि कायम रहेको बताउनुभयो । उहाँले छोराको जुँगाको रेखि बस्दा खुसी मान्ने अभिभावक छोरी पहिलो पटक महिनावारी हुँदा छोरीलाई लुकाउन लाने होईन की खुसीयाली मनाउने वातावरण बनाउन सकेमा मात्र यस अभियानले सार्थकता पाउने बताउनुभयो । यस्तै कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनले लैङ्गिक हिंसा न्युनिकरणमा सबै मिलेर लाग्नुपर्ने बताउनुभयो । आफ्नो घरबाट हिंसाको अन्त्यको सुरुआत गर्नुपर्नेमा पुनले जोड दिनुभयो ।
बुधबारबाट १६ दिनसम्म प्रतेक दिन साँझ दिप प्रज्वलन गरि अभियान मनाईने कावासोती नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख शुसिला तिमिल्सीनाले बताउनुभयो । कोरोनाका कारण गएका वर्षमा झैँ विषेश गरि अभियान मनाउन सक्ने अवस्था नभएपनि दिप प्रज्वलन गरि अभियानमा सहभागि भएको उहाँले बताउनुभयो । कावासोती नगरपालिका प्रमुख प्रशाशकीय अधिकृत यज्ञ पुरी , जिल्ला प्रहरी कार्यालयका डिएसपि मोहन बहादुर खाँण लगायतको सहभागिता कार्यक्रममा थियो ।
कार्यक्रम कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीको प्रमुख आतिथ्यतामा भएको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१