अमृत प्रसाद पौडेल
बेनी । हिमालपारीको जिल्ला मुस्ताङको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले अत्यावश्यक कार्य बाहेक अन्य जिल्लाबाट गर्ने प्रवेशलाई रोक्ने निर्णय गरेको छ ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको अध्यक्षतामा बसेको बैठकले घरपझोङ गाउँपालिका–४ मा कोरोना पोजिटिभ देखिएको परिवार र उनको क्लोज कन्ट्रयाक ट्रेसीङ गरेर स्वाव संकलन गरि पठाउने निर्णय गरेको जिल्ला प्रशासान कार्यालय मुस्ताङले जनाएको छ । आवश्यकता अनुसार क्वारेन्टीन अनिवार्य गर्ने समेत निर्णय भएको छ ।
मुस्ताङका पाँच वटा विशेष अवस्था रहेकोले अन्य जिल्लाबाट आवतजात नगर्न अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । जिल्लामा भ्यान्टिलेटर नभएको, कच्ची सडकबाट उद्धारमा समस्या हुन सक्ने, जाडो बढी सकेकोले संक्रमण थप बढ्न सक्ने, कागबेनी तथा मुक्तिनाथ जस्ता धार्मिक क्षेत्र बन्द रहेको र हवाइ उद्धारमात्रै असभ्भव प्राय भएकोले अन्य जिल्लाबाट अत्यावश्यक बाहेक प्रवेश नगर्न अनुरोध गर्ने निर्णय गरिएको प्रजिअ पौडेलले बताउनुभयो । यो समाचार gorkhapatraonline.comबाट साभार गरिएको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१