दयाराम आचार्य
कावासोती । आर्थिक अभावका कारण उपचार गर्न समस्यामा पर्नु भएकी हुप्सेकोट गाउँपालिका वडा नम्बर –४ , की दलित महिला वडा सदस्य सुमित्रा नेपालीलाई सहयोग रकम जुटन् थालेको छ । पाठेघरको क्यासर रोगबाट पीडित वडा सदस्य नेपाली आर्थिक अभावका कारण उपचार गर्न अस्पताल जान नसकेको भन्ने समाचार तथा रिपोर्ट रेडियो कावासोती १०२.६ मेगाहर्जमा प्रशारण तथा प्रकाशित भएपछी विदेश लगाएत स्थानीय स्तरमा सहयोग रकम जुट्न थालेको छ । केही दिन अघि आर्थिक अभावमा उपचारमा समस्या भएको समाचार प्रशारण तथा प्रकाशित भएको थियो । त्यसपछी अहिले सहयोग रकम जुट्न थालेको छ ।
क्यान्सर पीडित सुमित्रा नेपालीको उपचारमा सहयोगकालागि कुवेतबाट रकम प्राप्त भएको छ । कुवेत स्थित ‘कुवेत फोलोर मिल एण्ड बेकरी सप्लायर्स’ कम्पनीमा काम गर्ने नेपाली सहित अन्य देशका व्यक्तीहरुले क्यान्सर पीडित नेपालीको उपचारमा सहयोगकालागि रु। ६३ हजार १८७ प्रदान गरेका छन् । कपिलबस्तु घर भई कुवेतमा कार्यरत दिपक थापा र हुप्सेकोट घर भई कुवेतमा रहेका गेस बहादुर परियारको नेतृत्वमा रकम संलकन गरिएको हो ।
कुवतबाट क्यान्सर पिडित सुमित्रा नेपालीको लागि प्राप्त रकम हुप्सेकोट गाउँपालिका वडा नम्बर –४, का वडा अध्यक्ष रोशन थापा मार्फत पीडिको परिवारलाई हस्तान्तरण गरिएको छ ।
यस्तै स्थानीय स्तरबाट समेत क्यान्सर पीडित नेपालीलाई सहयोग संक्रलन हुने क्रम रहेको छ । हाल सम्म स्थानीय स्तरमा रु.३७ हजार ६६५ संकलन भएको वडा नम्बर –४, का वडा अध्यक्ष रोशन थापाले बताउनुभयो । हुप्सेकोट गाउँपालिकाबाट समेत रु.१० हजार रकम सहयोग प्राप्त भएको वडा अध्यक्ष थापाले बताउनु भएको छ ।
वडा सदस्य नेपालीलाई किमो चढाउन पर्ने र त्यसको लागि पैसा नभएपछी उहाँ बिस्तारामा थलिनुभएको थियो । आर्थिक अभावमा उपचारमा जान नसकेपछी ओछ्यानमै थला पर्नुभएकी नेपालीको अहिले उपचार सुरु गरिएको छ । भरतपुर स्थित विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भईरहेको वडा अध्यक्ष थापाले बताउनुभयो ।
वडा सदस्य नेपालीको उपचारकालागि अझै थप रकमको आवश्यकता पर्ने भएकोले सहयोगकालागि श्रीमान सन्त बहादुरले आग्रह गर्नु भएको छ ।सहयोगकालागि सुमित्रा नेपालीको नाममा एनसीसी बैंक हुप्सेकोट शाखामा रहेको खाता नम्बर इ ०००५३२४२५५ मा रकम जम्मा गर्न सकिने परिवारले जनाएको छ । वडा सदस्य नेपालीको उपचारमा आर्थिक सहयोग गर्न चाहनेले उहाँका श्रीमानको मोवाईल नम्बर ९८०५४५३५८५ मा सम्पर्क गरि आवश्यक सहयोग समेत गर्न सक्नेछन् ।
हाल कुवेतबाट सहयोग गर्नेहरुमा नवलपुरका गेस बहादुर परियार ,गोविन्द थापा ,अजित परियार ,याम बहादुर सारू ,तारा बहादुर ,रोहित गुरुङ्ग ,खीम बहादुर ,केशव बहादुर कपिलबस्तुका दीपक थापा , संदीप थारू ,राम प्रसाद ,हरी नारायण ,भीम प्रसाद ,रमेश कुमार ,अजय कुमार थारू ,अर्घाखाँचीका गोविन्द बस्याल , जीवलाल पाण्डे ,जीवन खनाल , गिरी प्रसाद ,नेपालगंज (बांके )का बिजय शाह ,सुर्खेतका नन्द बहादुर रास्कोटी ,रुकुमका प्रतिक कुमार ,पूर्ण बहादुर ,ओम प्रकाश नुवाकोटका कमल बहादुर दैलेखका जीवन कुमार राउत, कास्की पोखराका राजु पुन ,दाङका सन्तोष, मीन राज बस्याल ,अमर ,कृष्ण ,माधव ,रेशम ,जोगेन्द्र ,लीलाधर ,राजकुमार ,मेघराज ,हुम लाल सिन्धुलीका होम बहादुर ,शोभा राम लमजुङका याम बहादुर, दार्चुलाका बीर सिंह,जमन सिंह,प्रेम सिंह,धन सिंह, बांग्लादेशका रमतूला ,मुंबईका सन्तोष,राजिम, रोतीदास, मनोहर हुसैन ,शाहिद ,जोन ,मोजिब अली ,सनद रेहन, गोपी ,अबिलाह ,शारुख ,रोइस्तान रहेका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१