ज्ञानु पंगेनी
कावासाेति । जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्व ( नवलपुरले ) थप ५ दिन निषेधाज्ञा थप गरेको छ ।
जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको मंगलबार ( आज) बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभयो । यस अघि भदौ ९ ( आजसम्म ) निषेधाज्ञा गरिएको थियो । समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएपछि निषेधाज्ञाको समय थप गरिएको घिमिरेले जानकारी दिनुभयो ।
कोरोना संक्रमण नियन्त्रणका लागि भदौ ९ गते राती १२ बजेबाट भदौ १४ गते राती १२ बजे सम्म अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु बन्द गरिएको छ । सङक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लाभर लागू हुने गरी भदौ १४ गतेसम्मका लागि अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्न आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी आनन्द शर्मा भुसालले जानकारी दिनुभयो ।
खुला स्थानमा भेला हुन, भीडभाड गर्न र सभाजुलूस गर्न, जात्रामहोत्सव, दैनिक नित्य पूजाबाहेकका धार्मिक गतिविधि गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, होटल– रेष्टुरेन्ट सञ्चालन गर्न र निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न पाइने छैन ।
यसैगरी सबै प्रकारका उद्योगव्यापार, व्यवसायअन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलाप गर्न, धार्मिक, सांस्कृतिक कार्यका लागि जमघट गर्न, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्यूटी पार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना,समेत सञ्चालन गर्न पाईने छैन ।
यसैगरि कोभिड संक्रमण एको जोखिम क्षेत्रभित्र अनावश्यक आवतजावतलाई नियन्त्रण गर्ने , अत्यावश्यक बाहेकका काममा बाहिर निस्किएमा कारवाहि गर्ने , मास्कको अनिवार्य प्रयोग गर्ने , सेनिटाइजनरको प्रयोग गर्ने , साबुन पानिले हात धुने , सामाजिक दुरी कायम गर्ने स्ता स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गर्नुपर्ने र भए नभएको बारेमा अनुगमन समितिले अनुगमन गर्ने निर्णय समेत गरिएको छ ।
संक्रमण बढी देखिएको कावाोती , गैंडाकोट र बिनयी त्रिवेणिमा कन्ट्रयाक्ट ट्रेसिङ्गको कामलाई प्रभावकारी बनाई परिक्षणको दायरा बढाउने समेत निर्णय गरिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१