कावासोती। पूबि नवलपरासी नवलपुरमा बिभिन्न पार्टी परित्याग गरि करिब तीन दर्जन युवा नेकपामा प्रवेश गरेका छन् । शनिबार कावासोतीमा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य पृथ्वीसुव्वा गुरुङले बिभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका युवाहरुलाई खादा ,अबिर लगाएर साथै पार्टी सदस्यता प्रदान गरि नेकपामा स्वागत गरेका हुन् ।
जिल्लाकाे मध्यविन्दु र कावासोती नगरपालिकाकाे गरि करिब तीन दर्जन युवाहरु नेपाली कांग्रेस लगाएत अन्य बिभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेकाे नेकपा नवलपुरले जनाएको छ । अन्य पार्टीको बिचार र सिद्धान्त भन्दा नेकपाको सिद्धान्त र बिचार अग्रगामि रहेको भन्दै आफुहरु नेकपामा प्रवेश गरेका युवाहरुले बताएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१