दयाराम आचार्य
कावासोती । वर्षाका कारण केरुङ्गे खोलाको कटान बढे पछी नियन्त्रणको काम शुरु गरिएको छ । केही दिन देखी खोलामा पानीको बहाव बढदा कटान र डुवानको जोखिम बढेपछी नियन्त्रणको काम शुरु गरिएको छ ।
कावासोती नगरपालिका १, ५ र ४ का बिभिन्न स्थानमा कटान बढेपछी कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुन, उप प्रमुख पे्रम शंकर मर्दनिया थारु , शिक्षा अधिकृत राजन पाण्डे, वडा नम्बर पा“चका वडा अध्यक्ष हरि बास्तोला, ४,का वडा अध्यक्ष रमाकान्त चापागाई, २ का वडा अध्यक्ष लक्ष्मि प्रसाद पौडेल, इन्जिनियर निरोज दाहाल सहितको टोलीले नदिको कटान क्षेत्रको निरीक्षण गरेको छ ।
वडा नम्बर पाँचको खयरघारीमा केरुङ्गेको कटानका कारण बाढी बस्ती पस्न सक्ने जोखिम पाईएपछी त्यहाँ कटान रोकथामका लागि कार्य शुरु गरिएको छ । खयरघारी नजिक खोलामा हाल मसेलाजी हाल्ने काम शुरु गरिएको छ । यहाँ यस अघि निर्माण गरिएको ड्याम कटान गर्न करिब दुई मिटर मात्र बाँकी रहेको थियो । खयरघारीबाट केरुङ्गे खोला बस्तीमा प्रवेश गरे वडा नम्बर ५, ६, २, ३ लगाएतका वडामा डुबानको जोखिम हुन सक्ने भएकाले तत्काल काम शुरु गरिएको कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनले बताउनुभयो । खयर घारी संगै , सिंह निवास सामुदायिक वनको कार्यालय नजिक समेत खोलाको कटान तिव्र बनेको छ ।
कटान नियन्त्रणकालागि डोजरको प्रयोग गरि खोलालाई बिच बाट बग्ने बनाउनकालागि यहाँ समेत कार्य अगाडी बढाईएको प्रमुख पुनले बताउनुभयो । निरक्षणका क्रममा वडा नम्बर ४ तर्फको भागमा समेत कटान गरेको पाईएकाले क्रमश कटानका कारण जोखिम बढेको स्थानमा ग्याविनहरु राख्ने काम गरिने उहाँले बताउनुभयो । ‘अहिले बढी जोखिम देखिएको स्थानमा काम शुरु गरिसकेका छौ, क्रमश कटान भएका स्थानमा ग्याविनहरु राख्ने काम गर्छौ’प्रमुख चन्द्र कुमारी पुनले भन्नुभयो ।
सिचाई कार्यालय संग समेत समन्वय गरेको र त्याहाँबाट समेत केही जाली उपलब्ध गराउने कुरा भएको प्रमुख पुनले बताउनुभयो । जोखिम रहेका सबै क्षेत्रमा तत्काल ग्याभिनहरु राख्ने कार्य गरिने उहाँले बताउनुभयो ।
केरुङ्गे खोलाले नगरपालिका भित्रका बिभिन्न वडामा कटान गरेको भन्दै यसको नियन्त्रणकालागि पहल गरिरहेको नगरपालिका उप प्रमुख पे्रम शंकर मर्दनिया थारुले बताउनुभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१