मध्यविन्दु । नवलपुरको मध्यविन्दु नगरपालिकामा ट्याक्टरको ठक्करबाट एकजना बालिकाको ज्यान गएको छ । बुधबार साझ ६ बजेकाे समयमा मध्यविन्दु नगरपालिका ८ भित्रि सडक खण्डमा लु २ त ८८६४ नम्बरको ट्याक्टले ठक्कर दिँदा अन्दाजी ४ वर्षीय बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी डिएसपी माेहन खाँडले जानकारी दिए ।
मध्यविन्दु १५ घर भएकी बालिका अनुष्का महताेको मृत्यु भएको प्रहरीले जनाएको छ । मध्यविन्दु जिल्ला अस्पतालले बालिकाको मृत्यु भएको पुष्टि गरेको हो । ट्याक्टर चालक फरार रहेको र अहिले उनकाे खाेजि भईरहेकाे प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१