हुप्सेकोट । हुप्सेकोट गाउँपालिकामा सञ्चालित दुईवटा परियोजना गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । परियोजनाको दातृ निकायसँग भएको सम्झौता अनुसारको समय सकिएपछि त्यसलाई निरन्तरता दिनकालागि परियोजना गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । इसाई समाज नवलपरासी र यू.एम.एन.नवलपरासी क्लष्टरको साझेदारीमा ंसञ्चालित विपद् व्यवस्थापन जलवायु परिवर्तन अनुकुलन तथा अल्पीकरण र जलवायु उत्थानशील परियोजना गाउँपालिकालाई हस्तान्तरण हो ।
हुप्सेकोट गाउँपालिकामा २०७२ श्रावण देखि २०७७ असारसम्म सञ्चालित विपद् व्यवस्थापन जलवायु परिवर्तन अनुकुलन तथा अल्पीकरण र जलवायु उत्थानशील परियोजना गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । यू.एम.एन, इसाई समाज र गाउँपालिका तीन पक्ष विच कार्यक्रम विवरण जानकारी पत्रमा हस्ताक्षर गरी गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो ।
परियोजना हस्तान्तरण कार्यक्रममा बौल्दै गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले परियोजना मार्फत विदपका क्षेत्रमा राम्रा कामहरू भएको र आगामि दिनमा पनि सहकार्यकालागि आफूहरू तयार बताउनुभयो ।
उहाँले अवका दिनहरुमा इसाई समाज र यू.एम.एन मार्फत सञ्चालित समूहहरुलाई गाउँपालिकाले सहकार्य, समन्वय, सहयोग गरी निरन्तर अगाडि लैजाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
परियोजना मार्फत संस्थाले गरेका कृयाकलापहरुको प्रस्तुतिकरण कार्यक्रम संयोजक गोदावरी काफ्लेले गर्नुभएको थियो । २०७२ साल देखि २०७७ असारसम्म विपद व्यवस्थापन कार्यमा रु.१,९५,३२,५६४ बरावरको कार्य भएको यस क्रममा उहाँले जानकारी दिनुभयो । यस्तै जलवायु उत्थानशील परियोजनामा ३०,९८,०३६ बरावरको कार्य भएको कार्यक्रम संयोजक काफ्लेले बताउनुभयो ।
परियोजना हस्तान्तरण कार्यक्रममा परियोजना सञ्चालनको क्रममा सहयोग तथा योगदान गर्नेहरुलाई कदर पत्र, मायाको चिनोले सम्मान समेत गरिएको थियो ।
इसाई समाज नवलपरासीका अध्यक्ष सुभाष ज्ञवालीको अध्यक्षता र हुप्सेकोट गाउँपालिकाको अध्यक्ष लक्ष्मी पाण्डे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडाका अध्यक्ष, वडाका सदस्य,गाउँपालिकाका विषयगत शाखा प्रमुख, सामुदायिक विपद् व्यवस्थापन समिति, पत्रकार समाजसेवी, अनुगमन समिति, सल्लाहकार समिति लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव भोज बहादुर थनेतले गर्नुभएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१