कावासोती, असार २७ ।
नवलपरासी पूर्व नवलपुरको हुप्सेकोट गाउँपालिकालाई स्वास्थ्य सामाग्रि हस्तान्तरण गरिएको छ । कोभीड १९ को माहामारीको समयमा यहाँ रहेका स्वास्थ्यकर्मी र सेवा प्रदान कर्मचारी तथा क्वारेण्टिनमा रहेकाको सरसफाई र सूरक्षाका लागि इसाई समाज नवलपरासी र यूनाईटेड मिसन टु नेपाल नवलपरासी क्लष्टरले स्वास्थ्य तथा सरसफाईका सामाग्रि प्रदान गरेको हो ।
संस्थाले स्वाव सङ्कलनकालागि भिटिएम किट ७८ वटा, पिपिइ ७ वटा, केन ९५ मास्क दुई सयवटा, पञ्जा ३० सेट, सर्जिकल मास्क दुई हजार पिस, डिस्पोजन पञ्जा २० बक्स, डिटोल साबुन २३४ वटा, झुल ४७ वटा,साबको बट्टा ७८ वटा लगाएतका सामाग्रि प्रदान गरिएको कार्यक्रम संयोजक गोदावरी काफ्लेले बताउनुभयो ।
कोइलीफेदी सामुदायिक विपद् व्यवस्थापन समितिका कोषध्यक्ष निर बहादुर ठकुरी र सामुदायिक विपद् व्यवस्थापन समिति गुहेरीका सचिव टीका बहादुर मस्राङ्गीले स्वास्थ्य सामाग्रिहरू गाउँपालिकाका अध्यक्ष लक्ष्मी देवी पाण्डे, उपाध्यक्ष श्रीस्वतन्त्र कोपीला मल्ल र स्वास्थ्य शाखा उप प्रमुख उषा बस्याललाई हस्तान्तरण गरेका थिए ।
गाउँपालिकामा कोरोना भाइरसको माहामारीबाट सुरक्षित रहन सहयोग पुगोस् भन्ने उद्देश्यले यी सामाग्रीहरू हस्तान्तरण गरिएको कार्यक्रम संयोजक गोदावरी काफ्लेले बताउनुभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१