दयाराम आचार्य
कावासोती । कावासोती नगरपालिकाले आगामि आर्थिक वर्षबाट आधारभुत स्वास्थ्य सुविधाका लागि जेष्ठ नागरिक घर दैलो स्वास्थ्य परामर्श सेवा कार्यक्रम संचालन गर्ने भएको छ । आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रममा जेष्ठ नागरिक घर दैलो स्वास्थ्य परामर्श सेवा कार्यक्रम तथा विद्यालय स्वास्थ्य कार्यक्रम एवम् मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालनमा ल्याइने उल्लेख गरेको छ । यस्तै युवाहरुको क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरी रोजगारीमा संलग्न हुने व्यवस्था मिलाउने, युवाहरुमा बढ्दो दुव्र्यसनी रोक्न सचेतना मुलक कार्यक्रम तथा सकारात्मक सोच विकास सम्बन्धी कार्यक्रम ‘म अघि बढछु’ कार्यक्रम संचालन गर्ने भएको छ । सबै वडामा कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नगरपालिकाले जनताको आधारभुत स्वास्थ्य सम्बन्धी मौलिक अधिकारलाई स्थापित गर्न स्वास्थ्य चौकी तथा सहरी स्वास्थ्य केन्द्र नपुगेका वडाहरुमा आधारभुत स्वास्थ्य केन्द्रको क्रमश स्थापना गरिने, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहनकालागि स्वास्थ्य विमा कार्यक्रम शुरुवात गरिने, प्राकृतिक उपचार तथा आयुर्वेदिक उपचार पद्धतिलाई प्रोत्साहन गर्ने, थारु जातिमा बंशाणुगत रुपमा देखा परेको सिकलसेनिया रोगको विरुद्ध जनचेतना कार्यक्रम सञ्चालन गरिने , नगर क्षेत्रका बिरामीलाई रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी कावासोती द्धारा स्थापित नवलपुर रक्त सञ्चार केन्द्रसंगको सहकार्यलाई निरन्तरता दिने , आगामी वर्ष कुमारवर्ती स्वास्थ्य चौकीको भौतिक पूर्वाधारको कार्य शुरु गरिने, बर्थिङ्ग सेन्टरहरुलाई थप व्यवस्थित गर्दै लैजाने लगाएतका नीति तथा कार्यक्रम समेत समावेश गरिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१