दयाराम आचार्य
कावासोती । कावासोती नगरपालिकाले सामाजिक विकास अन्र्तगत गत वर्ष देखि सुरुवात गरिएको मुसहर समुदायका विद्यार्थीका लागि निः शुल्क उच्च शिक्षा कार्यक्रमलाई निरन्तरण दिएको छ । आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कवासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनले मुसहर समुदायका विद्यार्थीका लागि नि ः शुल्क उच्च शिक्षा कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो । यस्तै अति विपन्न अवस्थाका विद्यार्थीहरुलाई आर्थिक अभावकै कारण शिक्षाबाट वञ्चित हुने अवस्था सृजना हुन नदिने समेत जनाईएको छ ।
विद्यालयहरुको शिक्षण सिकार्य कार्यमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा जोड दिने, सामुदायिक विद्यालय तर्फ आधारभुत तहका विद्यँर्थीहरुका लागि दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिने, आवश्यकता र उपयुक्तताको आधारमा विद्यालयहरुलाई गाभ्ने, गाभिएका विद्यालयहरुलाई प्रोत्साहनको कार्यक्रम ल्याइने, ्स्थानिय पाठ्यक्रम निर्माण गर्ने लगाएतका नीति तथा कार्यक्रम समावेश गरिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१