दयाराम आचार्य
कावासोती । कावासोती नगरपालिकाले उत्पादनलाई बढाउन बाझो जमिन राख्नेलाई निरुत्साहित गर्ने भएको छ । आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगरपालिका भित्र निजी जग्गा बाझो राख्ने कार्यलाई निरुत्साहित गर्न उर्वर जमिन बाझो राखेमा जरिवाना गर्ने भएको छ । नगरभित्र उर्वर भूमि बाझो राखेमा जरिवाना गर्ने छ । यस्तै निजी जग्गाको उपयोगकालागि भूमि बैंक खडा गरि अभिलेख राखि निश्ति समय सम्मको लागि करार खेती गर्ने वातावरण बनाईने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यस्तै नगरपालीका अण्डा र कुखुराको मासुमा आत्मनिर्भर भएको र आगामी तीन वर्ष भित्रमा दुध र तरकारी उत्पादन बढाई दुध र तरकारीमा समेत आत्मनिर्भर बनाउने गरि कार्यक्रम तय गरिने कावासोती नगर प्रमुख चन्द्र कुमारी पुनले बताउनुभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१