दयाराम आचार्य
कावासोती । कावासोती नगरपालिकाले कोरोना पीडित भएका व्यवसायीक कृषकहरुलाई पुर्न स्थापनाकालागि कार्यक्रम संचालन गर्ने भएको छ । आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रममा कोरोना पीडित व्यवसायीक कृषकलाई पुर्नस्थापनाकालागि उन्नत विउ विजन वितरण, कृषिमा यान्त्रिकरण र प्राङ्गारिक तरकारी खेती प्रति चासो बढाउनकालागि विषेश कार्यक्रम ल्याइने जनाईएको छ । नगरको समग्र कृषि क्षेत्रको विकासकालागि ५० प्रतिशत अनुदानमा कृषि औजार तथा यान्त्रिकरणको वितरणकालागि रकम विनियोजन गरिएको कावासोती नगरपालिका उप प्रमुख पे्रमशंकर मर्दनिया थारुले बताउनुभयो ।
यसै गरि पशु नश्ल सुधार गर्न ए।आइ।प्रविधि अवलम्बन गरिने समेत जनाईएको छ । उन्नत जातको बिज र बाच्छी मात्र उत्पादन हुने ‘सेक्सड सिमेन’ ल्याई छाडा बाच्छाको संख्या कम गर्न कार्यक्रम तय गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१