दयाराम आचार्य
कावासोती । कावासोती नगरपालिकाले आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रममा दुग्ध उत्पादक किसानलाई अनुदान दिने भएको छ । दुग्ध उत्पादक किसानलागि प्रति लिटर एक रुपैया २५ पैसा अनुदान दिने भएको हो । अघिल्लो वर्ष बाट शुरु गरिएको दुधमा अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिईएको हो । सो अनुदानकालागि बजेट विनियोजन गरिएको कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनले बताउनुभयो । उग्ध उत्पादक किसानलाई प्रोत्साहन तथा दुधको उत्पादन बढाउनकालागि सो अनुदान प्रदान गरिने उहा“ले बताउनुभयो ।
यस्तै नगरपालिकाले कावासोती ७ र १३ लाई माछा पकेट क्षेत्र स्थापनाकालागि कार्य अगाडी बढाईने जनाएको छ । यसैगरि महको उत्पादन तथा बजारीकरणे ‘लागि फार्मर टु मार्केट’ कार्यक्रम संचालन गर्ने भएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१