दयाराम आचार्य
कावासोती। कावासोती नगरपालिकाले आगामि आर्थिक वर्षको बजेटमा स्वास्थ्य,कृषि , रोजगार ,पर्यटन र उद्योगलाई प्राथमिकतामा राखेर आफ्नो नीति तथा कार्यक्रम ल्याएको छ । नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा बैदेशिक रोजगारबाट फर्केर आएका युवालाई व्यवसायिक कृषि तथा पशुपालनकालागि अनुदान दिने भएको छ । आगामि आर्थिक वर्षको नीति ,कार्यक्रममा बैदेशिक रोजगारबाट फर्किएका युवालाई रोजगार शिर्जना गर्ने नीति अनुसार ५० जना युवालाई व्यवसायिक कृषि तथा पशुपालनका लागि अनुदान दिने जनाएको छ । उप प्रमुख पे्रम शंकर मर्दनिया थारुले युवाहरुलाई व्यवसायिक कृषि तथा पशुपालन गर्न सघाउन ५० लाख विनियोजन गरेको बताउनुभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१