कावासाेति । नवलपुरका स्थानिय तहले आज आगामि अार्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै छ । जिल्लाका सबै स्थानिय तहहरुले आज नगर तथा गाउँ सभा गर्ने तयारी गरेका छन् । नगर तथा गाउ सभामा प्रस्तुत हुने नीति तथा कार्यक्रममा कोभिड १९ को प्रभावका कारण स्वास्थ्य क्षेत्र प्राथमिकता पर्ने देखिएको छ । कृषि र रोजगारी सृजनाका कार्यक्रमहरु समेत समावेश हुने स्थानिय तहले जनाउदै छन् ।
नवलपुर सहित पालिकाहरुले आज आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आआफ्ना गाउँ र नगर सभामा पेस गर्दैछन् ।
संघ र प्रदेश सरकारले जस्तै पालिकाले पनि असार १० भित्र आ–आफ्ना सभामा नीति, कार्यक्रम तथा बजेट पेस गर्नुपर्ने व्यवस्था छ । केही पालिकाले नीति, कार्यक्रम तथा बजेट सभामा प्रस्तुत समेत गरिसकेका छन् भने धेरैले आज बजेट पेस गर्ने तयारी गरेका छन् । आउँदो वर्ष खर्च गर्न सक्ने मात्र बजेट ल्याउने पालिकाको तयारी छ ।
पालिकाले आगामी आर्थिक वर्षको बजेटमा कोरोना संक्रमण जोखिमपछिको अवस्था, स्वास्थ्य, कृषि र रोजगारीलाई जोड दिएका छन् । संघ सरकारले बजेट सार्वजनिक गरेको २७ दिन र प्रदेश सरकारले बजेट ल्याएको १० दिनपछि पालिकाले बजेट प्रस्तुत गर्न लागेका हुन् ।
पालिकाले पेस गरेको बजेट सभाबाट स्वीकृत भएपछि मात्रै खर्च गर्न सक्छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै पालिकालाई पत्राचार गरी संवैधानिक व्यवस्था अनुसार नै बजेट पेस गर्न परिपत्र गरेको छ । पालिकालाई संघ र प्रदेश सरकारले समानीकरण अनुदान, राजस्व बाँडफाँडबाट प्राप्त अनुदान, विशेष र सशर्त अनुदान शीर्षकमा रकम उपलब्ध गराएका छन् ।
प्राप्त रकम र पालिकाको आफ्नै आन्तरिक स्रोतका आधारमा बजेट ल्याउने पालिकाको तयारी छ । संवैधानिक व्यवस्था अनुसार तोकिएको समयभित्र आगामी आर्थिक वर्षको बजेट पेश नगर्ने पालिकालाई संघले अनुदान रोक्न सक्ने व्यवस्था छ । पोहोर समयमा बजेट नल्याएका केही पालिकालाई अनुदान घटेपछि विकास निर्माणको काममा भने असर परेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१