ज्ञानु पंगेनी
कावासाेति । नवलपुरको बिनयी त्रिवेणी गाउपालिकाले सोमबार ४२ जना व्यवसायिक कृषकलाई पावर स्प्रे वितरण गरेको छ ।
गाउपालिका भित्र रहेका व्यवसायिक कृषि पेश गर्दै आएका ४२ जना कृषकलाई निःशुल्क पावर स्प्रे वितरण गरिएको हो । कृषि बिकास शाखाको आर्थिक वर्ष २०७६/०७७ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार वितरण गरिएको गाउपालिका अध्यक्ष डम्बर वहादुर जिशीले जानकारी दिनुभयो ।
प्रविधीको प्रयोगले कृषि क्षेत्रमा उत्पादनमा बृद्धि संगै गाउालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने उदेश्यले गाउालिकाबाट कृषि क्षेत्रमा सिंचाई , मलबीउ वितरण लगायतका कार्यक्रम भएको र अहिले पावर स्प्रे प्रदान गरिएको अध्यक्ष जिशीले बताउनुभयो ।
पछिल्लो समय मकै लगायतका बालीमा फौजी किराको प्रकोप बढ्दै गएकाले किराको प्रकोप न्युनिरकण गर्न उक्त पावर स्प्रेले मदत पु¥याउने भएकाले वितरण गरिएको बिनयी त्रिवेणी गाउपालिकाका कृषि शाखाका मनोज चापागाईले जानकारी दिनुभयो । साथै अन्य निकनाशक औषधी छर्कन , भिटामिन छर्कन स्प्रेले सहयोग पुग्ने चापागाईले बताउनुभयो ।
वितरण गरिएको पावर स्प्रे विद्युतीय भएकाले कृषकको समयमको बचत र सहज हुने चापागाईको भनाई छ ।
वितरण कार्यक्रममा गाउपालिका उपाध्यक्ष मिना कुमारी राना , वडा नम्बर १ का वडा सदस्यहरु गाउपालिका पशु शाखा अधिकृत प्रमुख महेन्द्र प्रसाद भण्डारी लगायतको सहभागिता रहेको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१