दयाराम आचार्य
कावासोती । कोरोना संक्रमितहरुलाई रोग प्रतिरोधात्मक आयुर्वेदिक औषधी बितरण गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अरुणखोलाले नवलपुरको मध्यविन्दु जिल्ला अस्पताल र रहजरमा रहेको अस्थाई कोरोना अस्पतालमा रहेका तीस जनालाई गुडुची चुर्ण र अधगन्धा चुर्ण बितरण गरिएको हो । आयुर्वेद बिभागद्धारा जारी गरिएको प्रोटोकलको निर्देशन र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अरुणखोलाको निर्णय अनुसार कोरोना संक्रमित विरामीहरुलाई आयुर्वेदिक औषधि बितरण गरिएको स्वास्थ्य केन्द्रका प्रमुख डा. सुजता शर्माले बताउनुभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१