कावासोती । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका ४ का एक जना १६ बर्षीय किशोरमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
कपिलवस्तु क्वारेन्टाइनमा रहँदा उनको स्वाब कपिलवस्तुमा लिएको र मंगलबार उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको बुलिङटार गाउँपालिकाका अध्यक्ष शशिकिरण वास्ताकोटीले जानकारी दिए ।
उनी १७ गते कावासोती हुँदै अन्य स्थानबाट आएका सहित गरी २५ जनासँगै बसमा बुलिङटार गएका थिए । उनीसँगै २५ जना नै बुलिङटार ३ को त्रिभुवन माविको क्वारेन्टाइनमा रहेका थिए ।
उनलाई अहिले छुट्टै राखिएको बस्ताकोटीले बताए ।
उनलाई अहिले सोही विद्यालयमा रहेको छात्राबासमा निर्माण गरिएको आईसोलेसनमा सार्ने तयारी भईरहेको छ ।
उता बुलिङटार ५ राईकोटमा रहेकाहरुको स्वाब संकलन कार्य चलिरहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१